काठमाडौं उपत्यकामा दशैको नवौँ दिन (महानवमी) मा विभिन्न स्थानहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले फलफूलको मूल्य महंगो भएको गुनासो गरेका हुन् । काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले दसैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक बढेको बताएका छन् । उनीहरुको फलफूलको मूल्यमा एकरुपता नभएको भन्दै सरकारले चाडबाडको मुखमा समेत बजार अनुगमन नगरेको गुनासो पनि गरेका छन् । एक हप्ताअघि मात्र दुई सयमा किनेको स्याउको मूल्य २ सय ५० रुपैयाँ भन्दा बढी पुगेको उपभोक्ताहरुको गुनासो छ । सरकारी पक्षले बजार नियमन नगरिदिँदा जथाभावी मूल्य बढाएर व्यापार गरिरहेको उपभोक्ताहरु बताउँछन् ।
फलफूल व्यापारीहरुले भने चीनबाट फलफूल नआएकोले महंगो भएको बताएका छन् । फलफूल बजार कुलेश्वरमा एउटै दरको बजार मूल्य नभइदिँदा पनि समस्या आइरहेको पनि उनीहरुको भनाइ छ।
ब्यापारीहरुले नेपालमा उत्पादित फलफूलले दुई महिना पनि बजार नधान्ने र बाहिरबाट सवारीसाधनहरु नआउदा केही महंगो भएको बताए ।कारोबार दैनिक
छ्ड्के मिडिया प्रा.लि
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष तथा संचालक : मनोज कार्की
सम्पादक : मदन भण्डारी
व्यावस्थापक : भगवती लम्साल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६७७३८
infochhadkenews@gmail.com