प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । विहिबार ८ मन्त्रिहरु नियुक्त गरेसँगै मन्त्रिमण्डलले पूर्णता पाएको हो ।
संविधानतः मन्त्रिपरिषद २५ सदस्यीय हुने व्यवस्थाअनुसार २५ जना मन्त्री भएका हुन् ।
एमाले र राजपाका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले अठारौं पटक मन्त्रिपरिषद बिस्तार गरेका हुन्।
गृहमन्त्रीमा एमालेका खगराज अधिकारी, सञ्चार मन्त्रीमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशाकुमारी विकलाई ओलीले आज मन्त्री बनाएका हुन्।
प्रधानमन्त्री ओलीले नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरेका छन्। उनी पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती हुन्। सर्वोच्च अदालतले जेठ ६ गते दिएको आदेशअनुसार सांसद नरहेका बादलको पद खारेज भएको थियो।
माओवादी छाडेर आफूतिर आएका बादललाई पुरस्कारस्वरूप प्रधानमन्त्री ओलीले बादलकी श्रीमती नैनकलालाई मन्त्री बनाएका हुन्।