प्यूठानको स्वर्गद्वारी नगरपालिकाका कर्मचारीले तलब पाएका छैनन् । साउन महिनादेखि अहिलेसम्म तलब नपाएको कर्मचारीले बताएका छन् ।साउनदेखि रोकिएको तलब दशैसम्म पाउने आशमा बसेका कर्मचारी दशैको मुखमा रित्तो हात घर जानु परेको गुनासो गरे । जिल्लाका अन्य कार्यालय तथा स्थानीय तहका कर्मचारीले दशै भत्तासहितको तलब पाए पनि नगरपालिकाका कर्मचारी दशैको मुखैमा तलब बिहिन भएका छन् । दशैमा तलब बुझेर परिवारलाई खुसी दिने सपना बोकेका कर्मचारी निराश हुदै घर फर्किन बाध्य भएका हुन् ।नगरपालिकाले आर्थिक बिबरण टुङ्याउन नसकेका र अहिलेसम्म अख्तिीयार नआएका कारण कर्मचारी तलब दिन नसकेको स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले बताए । नगरपालिकाका केहि योजनाको ब्रेक डाउन गर्न बाकी रहेको र २ बर्षको अडिट बाकी रहेका कारण यो समस्या आएको उनको भनाइ छ । नगरपालिकाले समयमै आर्थिक बिवरण टुङ्याउन नसक्दा नगरका कर्मचारी, शिक्षक,जेष्ठनागरिक, स्वास्थयकर्मी लगायतका कर्मचारी तलब तथा बृद्धा भत्ता बिहिन भएका हुन् ।

अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२