कृष्ण अन्जान/ असोज १५ गुल्मी / छड्के न्युज डटकम -रुरुनेपाली काँग्रेसको आसन्न चौधौँ अधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीको तल्लो निकाय यतिवेला चलाएमान छ ।
देशै भरि वडा तहका अधिवेशन हरु करिब सकिएका छन र अव पार्टी पालिका क्षेत्र र जिल्ला अधिवेशनको तयारीमा जुटेको छ ।
गुल्मी जिल्लामा पनि वडा अधिवेशन सम्पन्न भईसकेका छन भने पालिका अधिवेशनका लागि असौज १९ लाई तोकिए पछि तयारी चलिरहेको छ ।
पालिका अधिवेशन पछि क्षेत्रिय अधिवेशन को तयारी हुनेछ ।
यश अघि नै क्षेत्रिय प्रतिनिधि र क्षेत्रिय सभापतिको प्रचारमा नेताले गाउँ गाउँ पुगेर कार्यकर्तालाई पहिलो चरणको भेटघाट सकाएका छन ।
पालिका अधिवेशन पछि को क्षेत्रिय अधिवेशनका लागि गुल्मी जिल्ला क्षेत्र न १ को अधिवेशन नेपालकै धार्मिक र ऐतिहासिक स्थल रुरुक्षेत्रको रिडीमा गर्ने निर्णय गरिएको छ ।
हाम्रो गौरव र धार्मिक तथा ऐतिहासिक स्थल रुरुधामको पर्यटन प्रवर्द्धन र प्रचार प्रसारलाई प्रमुखतामा राखेर हामीले नेपाली काँग्रेसको क्षेत्रिय अधिवेशन रिडीमा गर्ने निर्णय गर्यौँ र यसका लागि स्थानिय पार्टी कमिटिलाई चलाएमान बनाउँदरे तयारी पनि शुरु गरेका छौँ रुरुक्षेत्र १ का नेपाली काँग्रेसका अध्यक्ष अमूल्य श्रेष्ठले भने ।
हरेक सभा सम्मेलन तथा पार्टीका कार्यक्रम सदरमुकाम केन्द्रित भई रहँदा कम्तिमा नेपाली काँग्रेसले क्षेत्रिय अधिवेशन सदरमुकाम बाहिर र त्यो पनि धार्मिक पर्यटन स्थल रिडीमा गर्ने निर्णयलाई रिडीवासि हरुले पनि सकारात्मक रुपमा लिएका छन ।
तीन जिल्लाको सँगम पवित्र धार्मिक स्थल र कालिगण्डकी नदिको किनार मा रहेको रिडीबजारलाई सबैक्षेत्रबाट चिनाउनु हाम्रो लक्ष हो त्यसैले पनि नेपाली काँग्रेसको क्षत्रिय अधिवेशन रिडीमा हुनु हामिले गौरवको रुपमा लिँदै मेलाको रुपमा लिनु पर्ने अमूल्य श्रेष्ठको भनाई छ ।
सँभवत दशैँ पछि आयोजना हुने क्षेत्रिय अधिवेशनमा गुल्मी क्षेत्र न १ का पचास वटा वडा बाट छानिएका करिव एकहजार प्रतिनिधि त्यतिनै सँख्यामा नेता कार्यकर्ताको उपस्थिति रहने छ ।
यो अधिवेशनले रुरुक्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धन सँगै स्थानिय होटल व्यवसायी हरुका लागि पनि व्यापारको अवसर प्राप्त त हुने नै छ र रुरुधामको व्यापक प्रचार प्रसार समेत हुनेछ ।
पछिल्लो चरणमा रिडीबजारमा सुविधा सम्पन्न होटल हरु सन्चालन भए सँगै सभा सम्मेलनमा सहजता भएको छ ।