भुवन काफ्ले मुसिकोट गुल्मी- गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा सोमबार थप २ जनाको कोरोना संक्रमण पुष्टी भएको छ ।
आज ९सोमबार० मुसिकोट नगरपालिकाका बिभिन्न ठाउँमा गरिएको १० जनाको एन्टिजेन्ट परिक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
मुसिकोटमा आज कोरोना संक्रमीत हुने मध्य मुसिकोट वडा नम्बर २ का २ जना महिला रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १६११ जनाको कोरोना परिक्षण गरिएको छ भने परिक्षण गरिएका मध्य ५२९ जनमा कोरोना पोजेतिभ र १०८२ जनामा कोरोना नेगेटिभ आएको छ ।
कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा १० जना पुरुष र १ जना महिला गरी ११ जनाले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।