वैशाख१९, गुल्मी – अविरल वर्षासँगै आएको असिना पानीले पुराएको क्षतीप्रति मालिका गाउँपालिकाका गठबन्धनका उम्मेदवारहरुले दु:ख व्यक्त गरेका छन् । विगत तीन दिन देखी परेको अविरल वर्षा तथा असिनाकका कारण घर गोठ, बाटोघाटो, कृषिवालीमा भएको क्षतिप्रतिे मालिका गाउँपालिका को संयुक्त गठबन्धन मा आबद्ध नेपाली काँग्रेस, ने.क.पा. माओवादी केन्द्र, ने.क.पा. समाजवादी पार्टी, जनता समाजवादी पार्टी मा आबद सम्पूर्ण नेता, कार्यकर्ता दुःखी भएको एक बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
गठबन्धनका अध्यक्ष पदका उम्मेदवार देविराम अर्याल र उपाध्यक्ष पदका उम्मेदवार उप्रेन्द्र अर्यालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा विभिन्न ठाउँमा भएको बाटो अवरुद्धको कारणले सहज आवतजावत हुन नसकेकोले सहज आवतजावतका लागी हामी मालिका गाउँपालिका र मातहतका निकायहरुमा नियमित सम्पर्कमा रहेको उल्लेख गरेका छन् । गठबन्धनका उम्मेदवारहरु एमाले केही जनप्रतिनिधी तथा कार्यकर्ताहरुले सार्वजनिक स्थलमा जनताहरुलाई भ्रमपार्नेगरी गठबन्धन तथा गठवन्धनमा आवद्ध राजनितिक दलहरूले बाटो खोल्न अवरोध गप्यो भनी गरिएको दुस प्रचार प्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको उल्लेख गरेका छन् ।
यस्ता दुस प्रचार नगर्न सम्बन्धित पक्षलाई यो विज्ञप्ती मार्फत अनुरोध गरेका छन् । यस्ता कपोकल्पित भ्रममा नपर्न सम्पूर्ण मालिका वासी अनसमुदायलाई हार्दिक अपिल गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । उम्मेदवारहरुले मालिका वासीको सुखदुःखमा साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । मालिका गाउँपालिकाका प्रत्येक वडामा वडा सचिव प्रार्फत सर्वदलिय संयना बनाई अबरुद्ध बाटो तत्काल खुलाउन सहजीकरण गरिदिनु हुनका लागी संयुक्त अनुरोध समेत गरेका छन् ।