कार्तिक ०६ कपिलवस्तु – कपिलवस्तु जिल्ला काे शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मुडफुटवा मा जनता समाजवादी पार्टी नेपाल का वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीको संगठन सुदृढीकरण अभियान अन्र्तगत अयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले लगाएत विभिन्न पार्टी परित्या गरि २ सय ५० भन्दा बढी जनता समाजवादी पार्टी कपिलवस्तुमा प्रवेश गरेको जिल्ला अधयक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो ।
नव प्रवेशीहरुलाई जनता समाजवादी पार्टीका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनु भएका सहसराम यादव लगायत अन्य नेताहरुले स्वागत गर्नु भएको हाे ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनु भएका सहसराम यादव , पुर्व मन्त्री तथा जसपा प्रदेश इन्चार्ज दानबहादुर चौधरी, प्रदेश उपाध्यक्ष अब्दुल रसिँद खाँ,जिल्ला अध्यक्ष शैलेन्द्र यादव, मायादेवी गाउँपालिका अध्यक्ष बजरंजी चौधरी र शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद खाँ लगाएतको आथित्यता र अन्य नेता तथा कार्याकर्ताहरुकाे उपस्थिति रहेको थियो ।