काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मकवानपुरगढी–३ का वडाध्यक्ष शत्रुघन दुलालसहित ६ जना अग्रज व्यक्तित्व पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले पार्टीमा स्वागत गरेका छन् । यो समाचार पनि पढ्नुहोस् https://chhadkenews.com/10235
एमालेको राजनीतिबाट देशलाई फाइदा नहुने भएकाले लोकतन्त्रको रक्षा र देश विकासका लागि कांग्रेस प्रवेश गरेको नवप्रवेशीले जनाएका छन् ।