सागर भण्डारी, कार्तिक ०६ मुसिकोट गुल्मी -नेकपा एमाले गुल्मीले आज जिल्लाका सवै वडामा वडा अधिबेशन सम्पन्न गरेको छ । जिल्लामा रहेका ९३ वटा वडामा एकैपटक वडाअधिबेशन सम्पन्न भएको बताईएको छ । यसैविच मुसिकोट नगरपालिकाका ९ वटै वडामा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
वडा नं १ मा सम्पन्न अधिवेशनबाट अध्यक्षमा नारायण बहादुर थापा र सचिवमा भुपेन्द्र रायमाझी सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै वडा नं २ मा हरि बहादुर कुँवर अध्यक्ष टिका थापा सचिव, वडा नं ३ मा मधु मल्ल अध्यक्ष र सचिवमा अशोक सोमै सर्वसम्मत चयन हुनुभएको छ । वडा नं ४ मा जुक्त बहादुर छन्तेल अध्यक्ष, उपाध्यक्षमा ओम बहादुर केसी र राजेश अधिकारी सचिव चयन हुनुभएको छ ।
वडा नं ५ मा चन्द्र खरेल अध्यक्ष र राजेश गुरुङ सचिव, वडा नं ६ मा हेमराज शर्मा अध्यक्ष, वडा नं ७ मा टोपनारायण शाक्य अध्यक्ष र लक्ष्मण खरेल सचिव, वडा नं ८ मा चुरा बहादुर खत्री अध्यक्ष र चन्द्र बहादुर घर्ती सचिवमा सर्वसम्मत चयन हुनुभएको छ । भने वडा नं ९ मा उमाकान्त खरेल अध्यक्ष र सचिवमा कणर् बहादुर विक चयन हुनुभएको छ ।
वडा अधिबेशनबाट आगामी २ वर्षका लागि ३१ जनाको कमिटी निर्वाचत भएको छ । कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरि ५ जनाको पदाधिकारी निर्वाचित भएका छन् ।
वडा अबिधेशनमा ५ जना संगठित सदस्य बराबर १ जना गाउँ/नगर प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ । त्यस्तै दलित/महिला/जनजातीको हकमा ३ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ ।निर्वाचनको केन्द्रिय तालिका अनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अबिधेशन सम्पन्न हुदैछ ।