अन्य कार्यालयहरुमा भन्दा यो बेला नागरिकता र राहदानी (एमआरपी) बनाउनेहरुको चाप बढने गर्दछ । चाडपर्वको बेला स्वदेश तथा बिदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहिँ समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी (एमआरपी) लगायत बनाउन आउने भएकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले नागरिकता २० जना भन्दा वढिले प्रतिलिपी लिने गर्दछन् ।
तर दशैं पछि कार्यालय खुलेपछि १ सय बढिले नयाँ नागरिकता बनाउन सेवाग्रही आउने गरेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । गुल्मी जिल्लामा जती नयाँ नागरिकता बन्छन्, त्यसको ३५ प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथाङक रहेको छ । नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढदै जादा यसले अन्य सेवाग्राही र सेवा दिने कर्मचारीलाई समेत प्रभावीत पारीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
सेवाग्रही बढेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीमा २ जना प्रशासकीय अधिकृत रहेकोमा एक जना बिरामी बिदामा बसेकाले पनि जनशक्ति अभाव पनि रहेको छ । नागरिता लिनेको भिड हुनुको कारणमा दशैं तिहार बिदामा आएकाहरु र कोरोना महामारीले गर्दा रोकिएकाहरु पनि सेवा लिन आउने गरेकाले भिडभाड हुने गरेको छ ।