गुल्मी- जिल्लामा हरित स्वयंमसेवकहरूलाई पोशाक वितरण गरिएको छ । ८३ जना हरित स्वयंसेवकहरूलाई पोशाक वितरण गरिएको छ । बुधबार मात्र कृषि ज्ञान केन्द्र गुल्मीको कार्यालयमा २५ जना हरित स्वयंसेवकहरूलाई पोशाक वितरण गरिएको हो । कृषि ज्ञान केन्द्रको स्वीकृत कार्यक्रम अनुसार प्रथम चौमासिक अवधिको हरित स्वयंसेवक त्रैमासिक समीक्षा गोष्ठीको अवसरमा उनीहरूलाई पोशाक वितरण गरिएको छ । हरित स्वयंसेवकहरूलाई ट्रयाकसुट, टिसर्ट, गमबुट, ल्यापटप व्याक, स्पोर्टस जुत्ता, टोपी वितरण गरिएको हो ।
कार्यक्रममा सहभागी कृषकहरूले आफ्ना समस्या राखेका थिए । उनीहरुले कृषकहरुले वास्तविक मूल्य नपाएको बताएका थिए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कृषकहरूका समस्या समाधानका लागि विभिन्न निकायहरूसँग समन्वय गर्ने बताए ।
कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नवराज भण्डारीले हरित स्वयंम सेवकहरुले कृषकका समस्या समाधानका लागि सेतुको काम गर्ने बताए । भण्डारीले अहिले कृषकको मागअनुसार कार्यक्रम सञ्चालन हुने भएकाले हरित स्वयंसेवकहरुले आफ्नो वडाका महिला स्वंयसेविकाले जस्तै कृषकको विषयमा विभिन्न विवरण संकलन गर्ने जानकारी दिए । गोष्ठीमा हरित स्वयंम सेवकहरु, कार्यालयका कर्मचारी तथा पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।( सितलपाटी )