काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् टीकटक लाइभमा बसेकै भरमा मनग्गे आम्दानी गर्न सकिने चाल पाएपछि गौतम अरु सबै कामधन्दा छाडेर यसमा होमिएका हु्न् । उनलाई छोटो समयमै फलिफाप भएको छ । तीन दिन लाइभ बस्दा करिब २ लाख रूपैयाँ आम्दानी भएको उनले बताए ।
कञ्चनपुरका अंशु बर्मा नाम गरेका युवकले १५ महिनामै टीकटकबाट करोड कमाएको भनेर सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको थियो । उनलाई फ्लप पार्ने गरी पुण्य गौतम उदाएका छन् ।गौतम पहिलोपटक गत शुक्रबार बेलुकी श्रीमतीसँगै लाइभमा बसेका थिए । ९ बजेबाट लाइभ बसेका उनी बिहान साढे ५ बजेमात्र उठे । आफ्नो लाइभमा एकैपटकमा १२ हजारसम्म प्रयोगकर्ताहरू जोडिएको गौतमले बताए ।त्यसपछि त मलाई रस पसिहाल्यो,’ उनले भने, ‘अब समय मिलेसम्म बसिन्छ ।’
श्रीमतीको प्रेरणाले आफू टीकटक लाइभमा बस्न थालेको गौतमले बताए । उनले भने, ‘यसभित्रका प्राविधिक पक्षहरुबारे मलाई धेरै जानकारी थिएन । श्रीमतीले नै सबै सिकाएकी हुन् ।’डलर कमाउनकै लागि निद्रा मारीमारी टीकटकमा लाइभमा बस्न थालेको भनेर उनको ट्रोल पनि भइरहेको छ । गौतम भने डलर कमाउने भन्दा पनि संसारभरका मानिसहरूसँग जोडिने उद्देश्य लिएको बताउँछन् ।यो टीकटकको दुनियाँ गजबको रहेछ,’ उनले भने, ‘यसमा अल ओभर द वर्ल्ड जोसँग पनि जोडिन सकिन्छ । यही कुराले मलाई लोभ्याएको हो ।