✒️….. गिरीजा कुँवर
हिजो परदेश जादैन भन्थेँ, आज जान बाध्य भएँ।
नेपालमा केही गर्छु भन्थेँ, तर म जान बाध्य भए॥
पहिले लाग्थ्यो यहि देशमा केही गर्नु पर्छ भनेर।
गाडी छुट्ने हो कि भन्दै साँझ जान बाध्य भए॥
ज्यान परदेशमा छ तर मन नेपाली छ मेरो।
देख्नेलाई परदेशी शरीर तन नेपाली छ मेरो॥
नेपाली हुँ नेपाललाई माया गर्छु नि हजुर।
देशको माया लाग्छ नि झन नेपाली छ मेरो॥
चालिस डिग्रीको घाममा काम गर्दैछु परदेशमा।
धनीको अगाडि कमाउन नाम गर्दैछु परदेशमा॥
बल्लतल्ल आफ्नो ज्यान त पाल्न सकेको छु।
घरपरिवारले खानलाई काम गर्दैछु परदेशमा॥लेखक ओझेलका खबर डटकमका बागलुङ जिल्ला संवाददाता हुन।