दिपेन्द्र खत्री /कार्तिक १०,अर्घाखाँची / छड्के न्युज डटकम-नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी आज देशभर आफ्नो ६८ औं स्थापना दिवस मनाएको छ ।
“राष्ट्रियता लोकतन्त्र र तरुण एकता आजको आवश्यकता” भन्ने मूल नाराका साथ तरुण दल अर्घाखाँचीले सन्धिखर्कको शान्तिबगैचामा दिप प्रज्वलन गरि मनाएको हो ।कार्य्रक्रममा बोल्ने वक्ताहरुले स्थापना दिवसको अवसरमा शुभकामना दिदै ‘पार्टी बलियो बनाउन तरुण, युवाहरु एकजुट र बलियो हुनुपर्ने बताएका छन् ।
कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा विसं २०१० कात्तिक १० मा स्थापना भएको नेपाल तरुण दल वि.सं २०१७ पुस १ मा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई पक्राउ गरेसँगै निष्क्रिय अवस्थामा रहेको थियो । पुनः विसं २०५४ मा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले तरुण दलको पुनस्थापना गरेपछि तरुण दलले आफ्नो सङ्गठनलाई विस्तार गर्दै आएको छ ।
उक्त कार्यक्रम तरुणदल जिल्ला सभापति नारायण खड्काको अध्यक्षता र सन्धिखर्क नगर सभापति जम्सेर मियाको संचालनमा सम्पन्न भएको थियो ।उक्त कार्यक्रम नेपाली कांग्रेस जिल्ला उपसभापतिको प्रमुख अतिथ्यता , तरुणदल जिल्ला सभापति नारायण खड्काको अध्यक्षता र सन्धिखर्क नगर सभापति जम्सेर मियाको संचालनमा सम्पन्न भएको थियो ।