किरण अधिकारी/ कार्तिक ११ गुल्मी / छड्के न्युज डटकम–नेपाल सरकार वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अन्तर्गत २०७८ सालको साउन महिना देखि असौज सम्मको भत्ता अहिले वितरण गर्दै आएको छ। बैंक अफ काठमाण्डू को गुल्मी ईस्मा साखामा इस्मा गाउँपालिका वासी बृद्ध एकल महिला र शारीरिक रूपमा अशक्त अथवा सामाजिक सुरक्षा भत्ता पाउने लाभान्वित व्यक्ति हरूलाई भत्ता वितरण गरिदै छ।
कात्तिक ११ इस्मा गाउँपालिका को वडा नं ४ दोहली बासी हरूको भत्ता बुझ्ने पालो हो त्यसैले बैंक अफ काठमाण्डू इस्मा मा सेवाग्राही हरूको निकै ठूलो भिड लागेको छ। कोरोना जोखिम रहेकै बेला उमेरले नेटो काटी सकेका बृद्ध बुवा आमा हरू घन्टौं सम्म लाईन बस्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको देखिन्छ। वडा नं ४ कोटकोटरी हुला चैया कल्यार लगायतका ठाउँबाट सेवाग्राही हरूको जमघट निकै धेरै हुने गर्दछ। त्यही भिड भड्काउने गर्दा बृद्ध अशक्त हरूले ठूलो शान्ति बेहुर्न पर्ने अवस्था छ।
सेवाग्राहीका अनुसार जब स्थानीय सरकार को व्यवस्था सुरु भयो अनि हामी लाई अलिकति अप्ठ्यारो पर्यो अशक्त हुदाहुदै पनि जसरी भए पनि बैंक मै धाउनुपर्ने र परिवार मा अन्य सदस्य हुनेहरु लाई त सजिलो छ । जस्को बुढाबुढी बाहेक कोही छैनन् उनिहरु लाई त निकै चुनौतिपूर्ण कार्य जस्तो भएको छ। बरू स्थानीय सरकार नहुँदा घर घरमा भत्ता लिएर आउँथे गाविस सचिव हरू तर अहिले त्यस्तो छैन तर अहिले पनि अशक्त हरूलाई घरमै पुर्याउने व्यवस्था भैदिएको खण्डमा निकै सजिलो हुने थियो भत्ता बुझ्न आउने हरूको भनाई छ।
यो सास्ती लाई निराकरण गर्न को निम्ति सम्बन्धित निकायको छिटो भन्दा छिटो ध्यान जाओस् सेवाग्राही हरूले सजिलो र छरितो रुपमा सेवा लिने वातावरण मिलाउन को निम्ति इस्मा गाउँपालिका लगायत सम्बन्धित निकाय र अधिकार कर्मी जनप्रतिनिधि सबैलाई सेवाग्राही हरू सबैले आग्रह गरेका छन्।