कपिलवस्तु- कपिलवस्तु जिल्ला को पश्चिम तर्फ रहेको विजयनगर गाउपालिका को विभिन्न वडाहरु मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी सयौंको संख्यामा नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन ।गाउँपालिका को वडा नं १ मा १ सय २५ जना , वडा नं २ मा ६० जना र वडा नं ५ मा १ सय ४५ जनाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमाले पार्टी मा प्रवेश गरेको जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण भण्डारीले बताए। गाउँपालिका भित्र नेकपा एमाले पार्टी लाई विकास र समृद्धि को लागि सधै काम गरेको हुनले अरु पार्टी परित्याग गरी यस पार्टीमा आउँदै छन् ।
जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले नव प्रवेशीहरुलाई शुभकामना दिँदै संगठनमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । संगठन विकासको मूल आधार भएकोले देशको समृद्धिका लागि हरेक तहबाट सबैको सहयोगको अपरिहार्य रहेको थापाले बताए ।यस्तै जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चौधरीले पार्टीले सारेका नीति, सिद्धान्तलाई अँगाल्दै थप मजबूत बनाउन आफूहरु लाग्ने बताए। विभिन्न परिस्थितिलाई सामना गर्दै पार्टीलाई विश्वास गरेर पवेश गरेका सबैलाई एमालेले सहयोगकामा कुनै कमी नराख्नेर र अहम भूमिका रहने बताए।विजयनगर गाउपालिका अध्यक्ष गोपाल थापा , उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी , वडा नं १ , २ र ५ का वडा अध्यक्षहरुको सक्रियता मा नेकपा एमाले पार्टीलाई राम्रो बनाउदै छन । गाउपालिका भित्र पनि विस्तारै विस्तारै अन्य पार्टी परित्याग गरेर आउने क्रम चालिएको छ ।