गुल्मी – इश्मा गाउँपालिका अध्यक्ष भगतसिहं खड्काले कुमाल समुदायले नेपाली कला र संस्कृति झल्कने गरी निर्माण गरेका माटाका भाडा बजारीकरणको ग्यारेण्टी स्थानिय सरकारले लिने बताएका छन् । बुधबार लुम्बीनी प्रदेश सरकारको आर्थिक सहयोमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले संचालन गरेको ३ महिने तालिमको उद्धघाटनको लागीप्रमुख अथितिका रुपमा पुगेका गाउँपालिका अध्यक्ष खड्काले यस्तो बताएका हुन् ।
संरक्षणको अभावमा कुमाल समुदायको पेशा संकटमा पर्न थालेको छ यसमा स्थानिय सरकारले चासो लिएका कार्यक्रममा बोल्दै प्रमुख अथिति खड्काले बताए । तालिमबाट सिकेको सिपको प्रयोग गरी तालिमबाट प्रशिक्षार्थीले केहि नयाँ सिक्ने र स्वरोजगार बन्नेमा गाउँपालिकाले पूर्ण विश्वास लिएको बताए । नेपालमा हिन्दु धर्म मान्ने धेरै भएकाले यहाँका कुमाल समुदायले स्थानियल स्रोत र साधनको परिचालन गरी धर्मसंग जोडेर भगवानका मूर्ति निर्माण गर्न सकेमा कुमाल समुदायको पेशाको संरक्षण तथा उत्पादन प्रवद्धनमा टेवा पुग्ने उनले बताए ।
पराम्पराग शैलिमा निर्माण हुदैँ आएका माटाका भाडालाई आधुनिक प्रविधिको प्रयोग गरी बजार,उद्योग र उत्पादन संग जोडेर माटाका सामाग्री निर्माण गर्न सकेमा नेपाली कला र संस्कृतिको पहिचान समेत रहने गाउँपालिका अध्यक्ष खड्काले बताए ।पेशा संरक्षण गरी ग्रामिण क्षेत्रमा युवालाई उद्यमी निर्माण गर्न त्यहाँको वस्तुस्थिती र सम्भावनाको पहिचान समय समयमा घरेलु तथा साना उद्योग कार्यालय लगायतका कार्यालयलले सिपमुलक तालिम संचालन गरिरहेका छन् ।
तालिम उद्धघाटन कार्यक्रममा लुम्बीनी प्रदेश योजना आयोग पूर्व सदस्य दामोदर भुसाल , लेखा अधिकृति माधव अर्याल, उद्यम विकाश सहजकर्ता त्रिविक्रम ज्ञवाली,समाजसेवी,बुद्धिजीवी लगायतको उपस्थित रहेको थियो । “औद्योगिक लागनी पूर्वाधार ,समृद्धको बलियो आधार” मुल नाराका साथ बुल्म सेरामिक वस्तु विकास केन्द्र इश्मा गाउँपालिका ६ अंमरपुर बुल्मचौरमा सेरामिक ग्यालेज तथा माटाका भाडा बनाउने माघ ११ गतेबाट संचालनमा आएको तालिम आगमी वैशाख १० गतेसम्म चल्ने छ ।