गुल्मी -शनिबार जिल्ला धुर्कोट गाउँपालिकाको सभा हल बर्बोटमा सम्पन्न अधिवेशनले नेपाल विद्यालय कर्मचारी परिषद धुर्कोट गाउँ समितिका अध्यक्ष राजु पछाइको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा गगाँबहादुर राना, महिला उपाध्यक्ष कल्पना थापा, सचिवमा खुमबहादुर जि.सि, सहसचिवमा सपना खनाल, कोषाध्यक्षमा गगाँ पाण्डे, सह कोषाध्यक्षमा माधव घिमिरे, सदस्यहरुमा मिना राना, कमला वि.क, हेमा कुमारी थापा, लोकनाथ पोख्रेल, मिना नेपाली, तारा भण्डारी र उषा घर्ति रहनुभएको छ । साथै उक्त अधिवेशनबाट १० जना जिल्ला अधिवेशनको लागि सदस्यको छनोट गरिएको छ ।
कार्यक्रममा सम्पुर्ण अतिथिहरुले आआफनो भनाइ राख्दै विद्यालयमा लामो समयसम्म काममा खटिनुहुने विद्यालयका कर्मचारीहरुको पारिश्रमिक कम भएको र यथास्रिघ सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक १५ हजार पुराउनको लागि सरकार सँग ध्यानाकर्षण गराउनु पर्ने बताउनु भएको थियो ।
नेपाल विद्यालय कर्मचारी परिषद धुर्कोट गाउँपालिका समितिका अध्यक्ष राजु पछाइको अध्यक्षता रहेको कार्यक्रममा धुर्कोट गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रिको प्रमुख आथित्यता, एकिकृत अखिल नेपाल शिक्षक सँगठन केन्द्रिय सदस्य लक्ष्मिप्रसाद खनालको विशेष आथित्यता, नेपाल शिक्षक सँघ धुर्कोट गाउँकार्य समिति उपाध्यक्ष केशव खनाल, एकिकृत अखिल नेपाल शिक्षक सँगठन धुर्काेट गाउँसमिति अध्यक्ष रेशम थापा, नेपाल राष्टिय शिक्षक सँगठन धुर्काेटका अध्यक्ष भेषराज खनाल, नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला समिति सदस्य श्यामबहादुर केसि, सिता जि.सि, शिक्षक महासँघ धुर्कोटका सदस्य सन्दिप केसि, प्रेस सेन्टर गुल्मीका सचिवालय सदस्य बासुदेव पोख्रेल लगायतको आथित्यता रहेको थियो ।
कार्यसमिति कोषाध्यक्ष गँगा पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव कल्पना थापा कुवँरले गर्नुभएको थियो ।