गुल्मी: मुसिकोट नगरपालिका -०३, मैदान गोडा स्थायी घर भएका ज्ञान बहादुर नेपालीको छोरी रेखा नेपालीको माघ २१ गते आइतबार साझ भारतमा हत्या भएको छ ।
उत्तर भारत गुरूग्राम, ईन्द्र विकास कोलोनी सेक्टर ३० साउथ सिटी १ मा ज्ञान बहादुर नेपाली उनको श्रीमती आस्था, छोरी रेखा र एक छोरा डेरा गरि बस्दै आएका थिए ।
मुसिकोट २ अमराई घर भै हाल भारतमै नोकरी गर्दै आएको करिब ४५/४६ वर्षको राम बहादुर रामु उपनाम गाउँमा साईलो नामले परिचित ब्यक्तिले आईतवार साझ ८ बजेको समयमा रामुले आफ्नै कोठामा लगेर रेखाको बलत्कार पछि हत्या गरेर फरार भएको पिडितको आरोप छ ।
हत्या आरोपी रामु र ज्ञान बहादुर नेपाली एउटै घरमा डेरा गरेर बस्दै आएको थिए आइतवार रेखाको आमाले बाहिर कम्पाउन्डमा भएको साबुन भित्र लिन पठाएको र धेरै समय नआएपछी खोज्दै गर्दा चक्कु प्रहार गरि मारिएको अबस्थामा रामुको डेरामा लास भेटिएको रेखाका बाबा ज्ञान बहादुर नेपालीले बताउनु भयो ।
करिब ६ महिना पहिला हत्या आरोपी रामुले रेखालाई मुवाईल र पैसा चोरीको आरोप लगाएपछि दुई परिवारबिच झगडा भएको उक्त समयमा परिवारको सदस्यको हत्या गर्ने रामले चेतावन दिएको, झगडापछि डेरा सरी म अर्को ठाउँ गएपनी पिछा गर्दै एक महिना पहिलेबाट रामु पनि तेहि घरमा आई डेरा लिएर बसेको छोरी गुमाएको पिडामा भक्कानिदै मृतकका बुवाले बताए ।
लासको पोष्ट मार्टम भैसकेको छ घाटी रेटेर हत्या गरिएको खुलेको छ हत्याराको खोजीमा इन्डियन सिआईबिको टोली खटिएको इन्डियन सन्चार माध्यमहरुमा समचार छ ।