पाल्पाको क्षेत्र नं.१ र २ मा मंगलवार भएको मतदान र बुधवार विहान प्रकाशित नतिजा अनुसार दुवै क्षेत्रमा रामचन्द्र पौडेल निकट जिल्लामा रहेका प्रदेश सभा सदस्य वीर बहादुर रानाको पक्षका उम्मेद्वारहरु विजयी भएका छन् । पाल्पामा पौडेल पक्षबाट वीर बहादुर राना र देउवा पक्षबाट पूर्व सांसद हरी नेपाल पक्षका उम्मेद्वारहरु चुनावी मैदानमा रहेका थिए ।
नेपाली काङ्ग्रेस पाल्पा क्षेत्र नं २ को मत संख्या ७ सय ४ रहेकोमा सभापतिमा पौडेल पक्षका मुक्तिराम जिसीले ४६० ल्याएर विजयी भएका छन् उनका निकटतम प्रतिद्धन्दी देउवा पक्षका यादव सिंह कार्कीले २ सय १४ मत प्राप्त गरेका छन् ।
यस्तै अन्य पदाधिकारीहरु भने निर्विरोध भएका छन् । यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ वीर ब. राना – ५४४, हिमाल दत्त श्रेष्ठ – ५२३, राम कार्की – ५१४, सुनिता अधिकारी – ४९८, कृष्ण प्रसाद बस्याल-४९०, शान्ता बोहोरा -४८६, मेजर सिंह केसि – ४७३ मत ल्याएर विजयी भएका छन् यस्तै धनकला गाहा -४५३, लालकुमारी राना – ४३८, शंकर रायमाझी-४३०, विधान प्रसाद श्रेष्ठ – ४२४, यमलाल तिमिल्सिना – ४२१ र रामेश्वर पन्थी – ३४४ मत प्राप्त गरी विजयी भएका छन् ।
महाधिवेशन प्रतिनिधि आदिवासी जनजाति खुलातर्फ राजेन्द्र गोपाल सिंह -५०६, कृष्ण बहादुर राना- ४९०, नल बहादुर राना मगर – ४८५ ल्याएका छन् । यस्तै दलित तर्फ लक्ष्मण हिताङ – ४३७, अल्पसंख्यक तर्फ जमिला मियाँ -४०९ ल्याएर विजयी भएको काँग्रेस निर्वाचन समितिले जनाएको छ ।
यस्तै क्षेत्र नं. १ मा क्षेत्रीय सभापतिमा पौडेल समूहकै झमान राज मगर विजयी भएका छन् । उनले ३ सय ४८ मत प्राप्त गर्दा देउवा समूहका विष्णु बोम्रेलले ११२ मत प्राप्त गरेका छन् ।