बेनी -म्याग्दीको मालिका गाउँपालिका–४ मा चार दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । च्युरिबोट स्थित विद्युत गृहको तर्वाइनको बेरिङ बिग्रिएपछि १४ असाेज देखि विद्युत अवरुद्ध भएको दाजुङ खोला लघुजल विद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।उहाँका अनुसार उक्त लघुजलविद्युत परियोजनाको क्षमता ३० किलोवाट रहेको छ । विद्युत आपुर्ती अवरुद्ध हुँदा च्युरिबोट ,ओखरबोट ,महभिर छाप ,खतेन लगायत गाउँका तीन सय ९३ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । बुटवलबाट बेरीङ खरिद गरेर ल्याउनुपर्ने भएकोले विद्युत सेवा सुचारु हुन अझै केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।आर्थिक अभावका कारण बेरिङ फेर्न प्राविधिक ल्याउन समस्या भएको अध्क्ष घर्ती मगरले बताउनुभयो । गाउँपालिकाको अधिकांश बस्तीमा केन्द्रिय प्रशारण लाइनको विद्युत पहुँच पुगेको भएपनि वडा नम्बर ४ को फुलबारी र केही बस्ती बाहेकका अन्य बस्तीमा भने अझै विस्तार हुन सकेको छैन् ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२