भीम उपाध्याय ✍ नेपालमा जनसेवामा समर्पित एउटा असल कर्मचारी आफ्नो कर्तब्य पालन गर्दा राजनीति संग लड्नुपर्छस नाताबादीसंग भिड्नुपर्छस भ्रष्ट संग पैठाजोडी खोज्नुपर्छस जुम्सो, अक्षम, गैरजिम्मेवार, असहयोगी अन्यायी हाकिम तथा सहकर्मीसंग पंगा लिनुपर्छस ब्ल्याकमेल गर्ने, निरूत्साहित गर्ने, चरित्रहत्या गर्न हात धोएर लागिपर्ने मीडियासंग द्वन्द गर्नुपर्छस र यी सबैका अतिरिक्त जसका लागि यसरी भिडिन्छ तिनै कृतघ्न जनसाधारणको कुदृष्टिबाट पनि पिरोलिनुपर्छ । यसमाथि परिवार चलाउन बेलाबेलामा आईपर्ने अभावका कारण तनावमा रहनुपर्छ । अनि यति हंडर भोग्दै किन कोही कसैले जनताका निम्ति मरिमेट्ने भन्ने प्रश्न खडा हुनु स्वाभाविक भएन र रुम कर्मचारी प्रति यो भनाई संग कहिले सहमत भईन, छैन र हुने छैन । जनताले तिरेको तीरोले तिमीहरूको दानापानी चल्छ ।
कर्मचारीले बिसौँ वर्ष खुब पढेर, अनेक परीक्षा पास गरेर, आफ्नो श्रम बेचेर र किमति जवानी तिलान्जली दिएर कमाएको दानापानी हो जागिरको तलब। कैदीलाई जस्तो राज्यले कर्मचारीलाई पालेको हुदै हैन । राज्यले त कर्मचारीको बुद्धि र श्रम किनेको हो । कर्मचारीले आफूले बेचेको बुद्धि र श्रमको मुल्य लिएको हो । नेपालमा राज्यले कर्मचारीको न्युनतम आवश्यकता समेत पूरा गरिदिने ठेक्का लिने गर्दैन, लिदैन, अन्य देशहरूमा जस्तो १
अरूको खुशीमा खुशी हुने र अरूको दुस्खमा दुस्खी हुने र सहयोगको हात बढाउने बाहुल्य भएको समाज मात्र मानवीय समाज हो । नेपाली समाज प्राचीन कालदेखि यही चरित्रले मानवीय रहदै आएकोमा विगत केही दशक देखि उल्टो देखिन थालेको छ( परपीडक, द्वन्दपिपासू, आरिसे १ यसतर्फको यात्राको दिशा परिवर्तन गर्ने काममा मीडियाको भूमिका अग्रणी हुनुपर्नेमा यहॉ पनि ठीक उल्टो द्वन्दको आगोमा घिउ थप्ने देखिदै छ । मानवताको असल पक्षलाई प्राथमिकता दिदै जान सके यस दिशामा अधिकाँस नेपालीलाई प्रेरित गर्न सकिन्छ भन्ने मेरो दृढ विश्वास र धारणा हो।