नेपालगञ्ज : रोल्पा लुंगी गाउँपालिका वडा नं ४ घर भई हाल क्रोएसियामा रोजगारीको सिलसिलामा रहेका टीकाराम घर्तीको गत बुधबार रेलको ठक्कर बाट ज्यान गएको छ।
‘ गैर आवसीय नेपाली संघ क्रोएसियाका अनुसार उनी बुधबार काम विशेषले बाहिर हिँड्दा बाटो काट्ने क्रममा रेलले ठक्कर दिँदा मृत्यु भएको हो । मृत्युपछि उनको शवलाई ‘ डिपार्टमेन्ट अफ फोरेन्सिक मेडिसिन ‘ अस्पतालमा राखिएको छ ।

गैर आवसीय नेपाली संघ’ क्रोएसियाले दिएको जानकारी अनुसार उनको शवलाई नेपाल ल्याउन आवश्यक कानुनी प्रक्रियाबारे नेपाली राजदुतावास , भियाना र उनी कार्यरत कम्पनीसंग सहकार्य भइरहेको बताइएको छ। साथै मृतकको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले सहयोगको अपील समेत गरिएको छ।
मृतक टिकारामका २ छोरी ,एक छोरा र श्रीमती छन । छोरा छोरी पढाउन समेत कठिन रहेकाले सबैले सहयोग गरिदिन गैर आवसीय नेपाली संघ क्रोएसियाले अनुरोध गरेको छ । (हेर्नुहोस विज्ञप्ति)
