गुल्मी: गुल्मीको मदाने गाउँपालिकाले विभिन्न तहका शिक्षक/शिक्षिकाको लागि आवेदन मागेको छ। गाउँपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरुमा रिक्त रहेका विभिन्न तह र विषयका शिक्षकहरुको लागी करारमा नियुक्ति गर्न गाउँपालिकाले दरखास्त आह्वान गरेको हो।
बिहीवार विभिन्न विज्ञापनहरु मार्फत गाउँपालिकाले मावि तर्फ ६ र निमावितर्फ ६ गरी जम्मा १२ जना शिक्षक/शिक्षिका मागेको हो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर पछाईद्वारा हस्ताक्षरित सुचनाहरुमा मावि र निमावि तर्फ विज्ञान, बालीविज्ञान, अङ्ग्रेजी र गणित विषयहरुको लागि शिक्षक/शिक्षिकाको माग गरिएको जनाईएको छ।
गाउँपालिकाले निम्न माध्यमिक (कक्षा ६-८) को लागि प्रथम पटक बिहीवार सुचना निकाल्दै विज्ञान विषयको लागि ३ जना र निम्न माध्यमिक तह (कक्षा ६-५) तर्फ गणित विषयको लागि २ र अंग्रेजीको लागि २ जना शिक्षक/शिक्षिका माग गरेको छ।
निम्न माध्यमिक तह अन्तर्गत विज्ञान, गणित र अंग्रेजी विषयको लागि आवेदन दिन चहानेहरु मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयहरुमा प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनपर्ने जनाईएको छ। त्यस्तै नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपिहरु, अध्यापन अनुमति पत्रको प्रतिलिपि र व्यक्तिगत निवेदन पनि साथमै समावेश गर्नुपर्ने छ।