विष्णुप्रसाद आचार्य चकित / कार्तिक २९ गुल्मी/ छड्के न्युज डटकम –नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत गुल्मीको प्रदेश सभाको अधिवेशन मुसिकोटमा हुने भएको छ ।
महाधिवेशनको क्रममै आउदो मङ्सिर ३ गते गुल्मी क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा २ क; को अधिवेशन मुसिकोट नगरपालिकाको केन्द्र रहेको वडा नम्बर ७ स्थित बसपार्कमा हुने काङ्ग्रेसले बताएको छ ।
गुल्मीको मुसिकोट नगरपालिकाका ९ वटा वडा, रेसुङ्गा नगरपालिकाका १ देखि ६ सम्मका ६ वटा वडाहरु र इश्मा गाउपालिकाका ६ वटा गरि जम्मा प्रदेश सभा २ क अन्तरगत २१ वटा वडाहरु रहेका छन ।
३ वटा स्थानीय तहबाट क्षेत्रीय प्रतिनिधिको रुपमा छनोट भएका जम्मा ४३० जनाले १६ जना प्रदेश प्रतिनिधिसहित २३ जनाको प्रदेश सभा कार्य समिती चयन गर्नेछन।
अधिवेशनलाई थप आकर्षक बनाउनको लागि सास्कृतिक क्षेत्र सम्योजक महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा,मन्च व्यवस्थापन सम्योजक झबीलाल भण्डारी,स्वयंसेवक व्यवस्थापन सम्योजक बिक्रम श्रेष्ठ,अतिथि व्यवस्थापन सम्योजक बेद प्रसाद शाक्य लगायतलाई जिम्मा दिइएको काङ्ग्रेसले बताएको छ ।