छड्के न्युज डटकम \कात्तिक ३० गुल्मी–नेपाली काँग्रेसको १४औं महाधिवेशनमा प्रदेश सभापतिमा झविन्द्र अर्यालले उम्मेद्धारी दिएका छन् । अर्यालले गुल्मी क्षेत्र नं.२(क)प्रदेश सभापतिमा आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन् । अर्याल १७ बर्ष देखी नेपाली काँग्रेसको क्रियाशिल सदस्यको रुपमा सक्रिय छन् ।
अर्यालको राजनिति यात्रा वि.सं. २०३४ साल असार १८ गते गुल्मी जिल्लाको इस्मा गाउँ वडा नं ५(साबिक)को इस्मा रजस्थल गा.बि.समा जन्मिएका थिए झविन्द्र अर्याल । बि.सं. २०४८ सालमा कक्षा ८ अध्ययन गर्दादेखी नै नेपाली काँग्रेसको बिद्यार्थी संगठन ने.वि.सघंबाट आफ्नो राजनिति जिवन सुरु गरेका थिए । त्यस्तै बि.सं. २०५५ सालमा रेसुङ्गा बहुमुखी क्यामपस गुल्मीमा नेपाल बिद्यार्थी संघको सदस्य भई काम गरेका थिए ।
२०६२सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्य भएका अर्यालले २०६८ सालमा नेपाल तरुणदल वडा सभापतिमा बनेका थिए । नेपाली काँगे्रसको १२ औं महाधिवेशनबाट गाउँकमिटीको कोषध्यक्ष पदमा रहि काम गरे । १३ औं अधिवेशनबाट काँग्रेसको क्षेत्रिय सदस्य भएका थिए ।२०७२ सालमा नेपाली काँग्रेस साविकको गुल्मी क्षेत्र नं ३ मा तरुणदल सभापतिमा चुरा बहादुर खत्री संग अर्यालले प्रतिस्पर्धा गरेका थिए । जसमा अर्याल र खत्रीले ६७ मत लिई बराबर भएका थिए ।
बराबर मतपछि दुई जनाले आधा आधा कार्यकाल सम्माहालेका थिए । हाल अर्याल तरुणदल सभापतिमा क्रियाशिल छन् । स्थानिय तहको निर्वाचनमा इस्मा गाउँपालिका वडा नं ५ को वडा अध्यक्षमा उम्मेद्धारी दिएका अर्याललाई नेकपा एमालेबाट कलानिधि भण्डारी ८ मतले पराजित गरेका थिए ।
नेपाली काँग्रेसको संगठनलाई चुस्त पार्दै पार्टीको संगठन बिस्तार , अग्रजलाई सम्मान ,युवापुस्तालाई साथ दिदैँ अगाडि बढ्ने झबिन्द्र अर्यालले बताए । आगमी निर्वाचनमा गुल्मी क्षेत्र नं. २ (क) २१ वडामा काँग्रेसको सानदार बिजय बनाउने उदेश्यले आफ्नो गुल्मी क्षेत्र नं २ (क)मा सभापतिको उम्मेद्धारी दिएको अर्यालको भनाई छ ।