मंसिर १३,गुल्मी-नेपाली कांग्रेस गुल्मीको सभापतिमा भारी मत लिएर खिलध्वज पन्थी निर्वाचित भएका छन् ।आफ्ना प्रतिद्वन्द्वी बेद बहादुर थापालाई फराकिलो मतान्तरले पराजित गर्दै पन्थी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । कुल खसेको १ हजार ६ सय ९३ मत मध्य पन्थीले १ हजार २ सय ७१ मत प्राप्त गरेका छन् भने सभापतीका अर्का उम्मेदवार थापाको पक्षमा भने जम्मा ३ सय ८४ मत परेको थियो ।
महाधिबेशनका लागि १ हजार ७ सय ६६ जना महाधिवेशन प्रतिनिधी रहेकामा शनिबार र आईतवार भएको मतदानमा कुल १ हजार ६ सय ९३ मत खसेको थियो । राम चन्द्र पौडेल पक्षका पन्थी र देउवा पक्षका थापाले जिल्ला सभापतिकाका लागि प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
त्यस्तै २ जना उपसभापतिको लागि भएको निर्वाचनमा अनन्तराम पाैडेल र शिव बहादुर खत्री निर्वाचित भएका छन् । उनिहरुले क्रमश १ हजार १ सय ८७ र १ हजार ३३ मत प्राप्त गरेका थिए । उपसभापतीका अर्का उम्मेदवार झविन्द्र विश्वकर्माले भने ५ सय ८ मत मात्र प्राप्त गरे । उता २ जना नै सचिव पदको लागि भएको निर्वाचनमा भगतसिंह खड्का र जगदीश भट्टराई निर्वाचित भएका छन् । खड्काले १ हजार २२ मत प्राप्त गरे भने भट्टराईले ९ सय ९१ मत प्राप्त गरेका थिए । छवि पाण्डे र धर्मराज पाण्डे सह-सचिबमा निर्वाचित भएका छन् भने सदस्यहरुमा कृष्ण प्रसाद पाेखरेल, धिरेन्द्र केसी, पदम बहादुर बिष्ट, लिलाधर आचार्य र लाेकप्रसाद खरेल निर्वाचित भएका छन् । ( यो खबर गुल्मी न्युज डटकममा सन्जु काउछाले लेख्नुभएको छ )