वीरेन्द्र गिरी ,भाद्र ३ दाङ\ छड्के न्युज – दाङ देउखुरीको राप्ती गाउँपालिकामा जेष्ठ नागरिकलाई लक्षित गरि दिवा सेवा सुरु गर्न थालिएको छ ।६० वर्ष माथिका नागरिकलाई एकैठाउ राखेर गफगाफ, भेटघाट गर्ने, मनोरन्जन गर्ने, दुख सुख साट्ने गरि बस्ने ब्यवस्था मिलाई सेवा सुरु गर्न थालिएको सहायक महिला विकास निरिक्षक कल्पना खनालले जानकारी दिएकी छन् । आगामी भदौ ७ गते मसुरीया स्थित रेडक्रम भवन र वडा नम्बर ५ को वडा कार्यालय भवनबाट जेष्ठ नागरिक दिवा सेवा सुरु गरिने भएको छ ।