सौराहा- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बनेका घनश्याम भुसाल पराजित भएका छन्। मंगलबार ६ पदका लागि भएको निर्वाचनमा भुसालले सबैभन्दा कम मत प्राप्त गरेका हुन्।
एमालेको निर्वाचन आयोग स्रोतबाट प्राप्त जानकारी अनुसार, अष्टलक्ष्मी शाक्यले १९७६ मत पाएकी हुन्। उपाध्यक्षमा विजयमध्ये उनको मत सबैभन्दा बढी हो।
२०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा उपमहासचिवमा दुई पदका लागि भएको निर्वाचनमा भुसालले सर्वाधिक मत ल्याएर विजयी भएका थिए। त्यतिबेला दोस्रो भएका विष्णु पौडेल उपाध्यक्ष र तेस्रा भएका शंकर पोखरेल महासचिव भएका छन्। चौथो भएका रघुजी पन्त भने केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन्।( नेपाल लाइभ)