मंसिर ०८, गुल्मी – गुल्मी क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीको अग्रता कायमै रहेको छ । उनले अहिलेसम्म १४ हजार ४७३ मत पाएका छन् ।
त्यस्तै एमालेका प्रदिप कुमार ज्ञवालीले उनलाई पछ्याउँदै १४ हजार ७५ मत पाएका छन् । प्राप्त मतपरिणाम अनुसार एमाले नेता प्रदीप ज्ञवालीले मतान्तर घटाइरहेका छन् ।काङ्ग्रेस नेता भण्डारीले ३ सय ९८ मतले अग्रता लिएका छन् ।