गुल्मी –मालिका गाउँपालिकाले अफगानिस्तानमा रहेका गाउँबासीको विवरण दिन आग्रह गरेको छ गाउँपालिकाले मंगलबार सुचना जारी गदै रोजगारीको शिलशिलामा अफगानिस्तानमा रहेका गाँउबासीको सुचना संगै उनिहरुको विवरण दिन आग्रह गरेको हो ।गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त राज भुसालले हस्ताक्षर गरेको सुचनामा ,अफगानिस्तानमा रहेका मालिका बासीको नाम नागरिकता नम्वर र राहदानी नम्वर उपलब्ध गराउन आग्रह गरिएको छ ।
सुचना तथा विवरण जुनसुकै माध्यम बाट दिन सकिने गाउँपालिकाले जनाएको छ ।नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय गुल्मी बाट विवरण माग भएकाले सुचना जारी गदै विवरण तथा सुचना दिन अनुरोध गरेको सुचना अधिकृत जगत पौडेलले बताए । साभार :गुल्मी अपडेट