राजेन्द्र आचार्य, चितवन : चितवनको भरतपुर कारागारमा रातको समयमा भारतीय चलखेल भएको छ । बुधवार राति भरतपुर कारागारमा भारतीय उच्च अधिकारीको चलखेल देखिएको हो । कारागारमा रहेका थुनुवा तथा कैदीबन्दीलाई भेट गर्न नेपालीलाई कठिन भईरहेका बेला राति ९ बजेर १५ मिनेटको समयमा भरतपुर कारागारमा भारतीय चलखेल देखिएको हो ।
सौराहा अनलाईनको टिम राति कारागारको सडक मार्ग हुँदै जाँदा भारतिय नम्बर प्लेट युपि ७० पिएम ८०८० को गाडि कारागारको मुल गेटमा रोकिएको थियो भने सो गाडिमा सवार व्यक्तिहरु कारागारको मुल गेटवाट बाहिरिएका थिए । बुधवार राति कारागार प्रवेश गरेका भारतिय उच्च अधिकारीले अपराधिक गतिविधिमा सँलग्न भई अदालतको आदेश वमोजिम भरतपुर कारागारमा कैद सँजाय भोगिरहेका भारतीय नागरिकलाई भेटेको श्रोतको दावी छ ।
भारतीय नम्वर प्लेट युपि पिएम ८०८० नम्बरको गाडिमा व्लक प्रमुख लेखिएका कारण सो गाडिमा सवार व्यक्तिहरु भारतिय जनता पार्टीवाट निर्वाचित जनप्रतिनिधि भएको अनुमान गरिएको छ ।नेकपा एमालेको राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा भएकै समयमा भारतीय उच्च अधिकारीको रातको समयमा कारागारमा भएको चलखेल गम्भिर र अर्थपूर्ण रहेको छ । श्रोतका अनुसार कारागारमा रातको समयमा चलखेल गर्ने व्यक्ति भारतीय जनता पार्टीवाट निर्वाचित जनप्रतिनिधि र उनका सहयोगीहरु हुन् ।
सामान्य अवस्थामा आम नेपालीहरुले नै दिउँसो तोकिएको समयमा कडा सुरक्षा निगरानीमा मात्रै कैदीवन्दी भेट्न पाउनछन् एक स्थानियले भने, तर यहाँ त रातारात भारतीय नम्बर प्लेटको गाडी रोकेर कारागार प्रवेश हुन्छ । यसले गम्भीर शंका पैदा गरेको छ ।भारतको उत्तर प्रदेश स्थित ईलावादको भारतीय जनता पार्टीका विशिष्ट निर्वाचित जनप्रतिनिधि भएको स्रोतले जनाएको छ ।
उनी नेपालमा अपराधिक गतिविधि गरि चितवन कारागारमा रहेका भारतीय कैदीवन्दीलाई भेट्न गएको स्रोतको भनाई छ । ती अधिकारी यहि मंसिर १० गते एमाले महाधिवेशनमा आएका भाजपा नेतासगैँ आएको बुझिएको छ ।हामी त्यहाँ पुगेर भिडियो र तस्वीर कैद गरेसगैँ तत्काल सो गाडी जिसस हुदै जिल्ला प्रहरी कार्यालयबाट अगाडी बढेको दृश्य कैद छ ।
सो सम्मेलन सकिए लगत्तै भरतपुर कारागारमा देखिएको भारतिय अधिकारीको चलखेलले गम्भिर सुरक्षा चुनौती समेत खडा गरेको छ ।नेपाली सेना, नेपाल प्रहरीको सुरक्षा र जिल्ला प्रशासन कार्यालयको प्रत्क्षय निगरानीमा रहने कारागारमा रातको समयमा भएको भारतिय चलखेल सामान्य नभएको स्थानीयले बताएका छन् । ती भारतीय अधिकारी किन र के प्रयोजनका लागि रातको समयमा कारागारमा प्रवेश गरे ? भन्ने खुल्न बाँकी रहेको छ ।(नेपाल रप्तार)