छड्के न्युज डटकम \ मंसिर २४ गुल्मी – मालिका गाउँपालिका गुल्मीले गाउँगाउँ पुगेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न गरेको छ । “घरैबाट सुरु गरौं ,महिल हिंसा अन्त्य गरौं” भन्ने मुल नाराका साथ मंसिर ९ मालिका गाउँपालिका वडा नं १ नेटाबाट सुरु गरिएको १६ दिने अभियान कार्यक्रम शुक्रबार सकिएको मालिका गाउँपालिका गुल्मीले जनाएको छ ।
समाजमा लैंगिक हिंसाका कारण महिला बलाकृत, हत्या ,सामाजि बिभेद ,हस्तक्षेप लगायतका हिंसाले जरो गाड्दै र दैनिक घटना बढ्दै आएको र त्यसको न्यूनिकरणको लागी यो कार्यक्रम गाउँ बस्तीका कुना कन्दारामा पुगेर संचालन गरिएको मालिका गाउँपालिका अध्यक्ष तथा कार्यक्रम प्रमुख अतिथि रित बहादुर थापाले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले गाउँपालिका भित्रका वडामा गरिएको लैङ्गिक हिंसा बिरुद्धको कार्यक्रमले पालिकाबासीमा चेतना जाग्नुका साथै आफु र आफ्नो घर परिवारबाटै जनचेतना जगाउँन सकेमा कार्यक्रमले सार्थकता पाउने अध्यक्ष थापाले बताए । समुन्नत समाज निर्माणका लागी महिला पुरुष एक रथका प्राङ्गा भएकाले बिभेदको अन्त्य गरी आउँदो दिनमा लैङ्गिक हिंसा न्युनिकरण गर्न सबैलाई लाग्न अध्यक्ष थापाले आग्रह गरेका छन् ।
लैङ्गिक हिंसाकै कारण बालबिबाह ,बहुबिबाह जस्ता समाजमा हुने सामाजिक अपराधका क्रियाकलाप बढ्दै गएकाले यसको न्यूनिकरण स्वयम ब्यक्तिले आफूबाटै सुरु गर्नुपर्ने गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अर्यालले बताईन् ।मालिका गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अर्यालले कार्यक्रममा बोल्दै हिंसा गर्ने र गराउने जो कोहीलाई पिडितले सम्बन्धित निकायमा उजुरी गरी कानुनी दायरामा ल्याउनु पर्ने बताइन् ।
मंसिर ९ गते देखी गाउँपालिका भित्र रहेका आठ वटा वडा तथा टोल टोलमा पुगेर लैङ्गिक हिंसा बिरुद्ध अभियान अन्र्तगतको छलफल कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा सहभागीले आफ्ना भनाई समेत राखेका थिए ।
१६ दिने अभियानको समापन कार्यक्रममा मालिका गाउँपालिका वडा नं ८ मर्भुङ्ग वडा अध्यक्ष टिका जि.सी.कार्यपालिका सदस्य कपिला नेपाली ,वडा सदस्य पिताम्बर पौड्याल , मुक्त सुनार , पार्वाता पौड्याल, मर्भुङ्ग स्वास्थ्य चौकी इन्चार्ज राज पौड्याल , वडा सचिब मिन बहादुर खड्का , पत्रकार ,जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिबी ,बिधार्थी, शिक्षक, सुरुक्षाकर्मी लगायत वडाका नागरिकको उपस्थिती रहेको थियो ।कार्यक्रममा चन्द्र श्रीस स्वागत मन्तव्य चन्द्र श्रीसले राखेका थिए भने मधुकला घर्तीको संचालन रहेको थियो ।