छड्के न्युज डटकम \पौष ०७ गुल्मी : लामो समय देखी खानेपानीको समस्या झेल्दै आएका इस्माबासीलाई स्थानिय सरकारले लिफ्टिङ्गको माध्यमबाट घर घरमा धारा निर्माण गरिदिएपछि स्थानिय हर्षित बनेका छन् । खानेपानीको लिनको लागी बिहान बेलुका मुहान र खोलामा धाउनु पर्ने बाध्यता समेत हटेको छ । घर नजिकै पानीका मुहान नहुदाँ एक गाग्री पिउने पानी ल्याउनकै लागी बिहान र बेलुकाको समय खर्चिन बिबस थिए उजुङ्गबासी ।
गुल्मी इस्मा गाउँपालिका वडा नं १ उजुङ्गबासीले घर घरमै खानेपानीको धारा आउला भन्ने कल्पना समेत गरेका थिएनन् । निर्वाचनको समयमा मतदातालाई जनप्रतिनिधिले ४ वर्षको प्रयास पछि स्थानियको घर घरमा खानेपािनको धारा ल्याउन सफल भएका छन् ।
आफ्ना आखाँ अगाडी नै घरमा निर्माण गरिएको धाराबाट पानी खसेको देख्दाँ स्थानियमा खुसी थपिएको छ । इस्मा गाउँपालिका वडा नं १ उजुङ्गमा दुन्दुरे खोलाबाट लिफ्टिङ्ग मार्फत २ सय ८४ घरपरिवारमा खानेपानीको धारा निर्माण गरेको छ । खानेपानी बोक्नको लागी खर्चिनु पर्ने समय अन्य ठाउँमा लगाएका छन् । जसले गर्दा हिजो आज उजुङ्ख बासीको दैनिकी नै फेरिएको छ ।
आर्थीक वर्ष २०७२÷०७३ सालबाट सुरु गरिएको खानेपानी आयोजना आर्थीक वर्ष २०७८÷०७९ सम्पन्न भएको छ । खानेपानी योजना निमार्णको लागी ३ करोड ९५ लाख ७७ हजार २६६ रुपैँया खर्च भएको छ ।
स्थानिय तहको निर्वाचन पछि गाउँपालिका भित्रमा झण्डै ३५ सय घरधुरीमा खानेपानीको धारा निर्माण भएका छन् । बाकीँ रहेका घरधुरीमा छिट्टै खानेपानिको धारा पुराउने तयारीमा इस्मा गाउँपालिका रहेको गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् । उपाध्यक्ष खत्रीले भनिन् “हाम्रो कार्यकालमा इस्मा बासीको घर घरमा खानेपानीका धारा पुप्याउँछौ । ”
हरौं गुल्मीबाट मनोज कार्कीको सहयोगमा एपी वान टेलिभिजनले तयार पारेको भिडियो रिपोर्ट…………