पौष ०३,गुल्मी : जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा एउटा अचम्मको घटना घटेको छ । सोमबार दिउँसो ३:३० बजेको समयमा गाउँलालिकाका लेखा अधिकृतले सेवाग्राहीलाई आफ्नै कार्यकक्षमा मुक्का हानेका छन ।
गाउँपालिकाको बलेटक्सार उल्लिखोला मोटरबाटोको काम सम्पन्न गरेर राजेश्वरी कन्ट्रक्सन प्रा.लि. का साइड सुपर भाइजर भोजराज गौतम रकम निकाशाको लागि कार्यालय पुगेका थिए । गौतमले निकाशाको कुरा गर्दा लेखा अधिकृत मनिष पाण्डे एक्कासी आबेसमा आएर आफुलाई मुक्का हानेको उनी बताउछन । पाण्डेले आफू कार्यालयमा एक्लै भएको हुनाले समयमा काम गर्न नसक्ने कुरा गर्दै थिए तर एक्कसी हातै छोडे गौतम भन्छन ।
उनले आफू सम्यम भएको तर पाण्डेले मुक्का हानेपछी कर्मचारीहरुले नै अफुलाई कार्यालय बाहिर निकालेको उनी बताउछन । कर्मचारी थोरै वा धेरै हुनु कार्यालयको विषय हो, त्यसोभए पालिकालाई कर्मचारी थप्न भन्नुपर्यो नि हजुरले, भन्दै थिए गौतम भन्छ्न । हामिले काम सम्पन्न गरेपछी त भुक्तानी पाउनु पर्यो भन्ने कुरा आफुले राखेको गौतम बताउछन ।
सेवाग्राही गौतमका अनुसार पाण्डेले आफुलाई ढाड भाचिदिन्छु , खुकुरी हान्दिन्छु, म प्रहरीको मान्छे हो भन्दै धम्क्याएको बताउछ्न । अधिकृत पाण्डेले सुरुमा त आफुले गल्ती नै नगरेको दाबी गरेपनि पालिकामा भएको बैठकपछि गल्ती स्वीकारेका छन । कार्यालयको बाहिर सर्बसाधारणले नाराबाजी र कर्मचारीको दादागिरीप्रती व्यापक बिरोध गरिरहेका थिए । प्रहरीको साथमा बाहिर आएर अधिकृत पाण्डेले जतनाका सामु आफुले आबेगमा आएर गल्ती गरेको स्वीकार्दै माफी मागे ।
यस्तो घटना सम्बवत देशमै पहिलो होला । सर्वसाधारणहरु कार्यालयमा जादा सुरक्षीत भएर जानुपर्ने भएको छ । रुरुवासी नागरिकहरु बडो अन्योलमा परेका छन । आफ्नै घर अगाडिको स्थानिय सरकारको कार्यालयमा जादा मुख्का खाएर फर्किनुपर्ने दिन आयो स्थानियहरु गुनासो गरेका छन ।
जनताको पसिनाको करबाट तलबभत्ता खाएका राष्ट्रसेवक कर्मचारीबाटै स्वाग्राहीलाई ढाड भाचिदिनेसम्मको धम्की र मुक्का प्रहार गर्दा समेत थामथुम गरेर गुपचुप राख्ने गाउँपालिकाप्रती जनताको आशा अब के होला ? कार्यालय समयमै सेवाग्राहीलाई कुटपिट गर्ने,धम्काउने कर्मचारीलाई कहिलेसम्म सरक्षण गरेर राख्छन स्थानिय सरकारका जनप्रतिनिधिहरु ?(समाचार स्रोत :खुल्ला न्युज डटकम)