सूर्य सुनार/ माघ ०८गुल्मी / छड्के न्युज डटकम : गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ ले स्थानीयलाई पानी संकलनको लागि टंकी वितरण गरेको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ९ को आर्थिक वर्ष ०७८/०७९ को स्वीकृत वार्षिक निती कार्यक्रम तथा बजेट अनुसार वडामा रहेका विपन्न ४५ घरपरिवारलाई टंकी वितरण गरेको हो । कृषि तथा पशुपालन अन्तर्गत करेसाबारी कौशीखेती तथा पशुपन्छी पालनका लागि पानीटंकी वितरण गरिएको हो ।
२ लाख ३० हजार रकमबाट स्थानीयलाई टंकी वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले टंकीको सही सदुपयोग गर्न आग्रह गर्नुभएको थियो । टंकी पाएपछि सही तरिकाले उपयोग गर्न आग्रह गर्दै स्वच्छ पिउने पानी खाने, कृषि कर्म गर्दा पानी उपयोग गर्ने , सरसफाइलाई ख्याल गर्न पानीले महत्वपूर्ण सहयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत मरासिनीले बताए ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ९ ले निशुल्क स्थानीयहरुलाई टंकी दिइएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए । टंकी पाएका स्थानीहरुले कृषि कर्म गरी आफनो आयआर्जनमा पनि वृद्धी गर्न आग्रह गरे ।
कार्यक्रमका सभाअध्यक्ष रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नारायण सुनारले टंकी पाउनु मात्र ठूलो कुरा नभई यसको सही तरिकाले उपयोग गर्न आग्रह गर्नुभयो । नियमित आइरहेको पानी कहिलेकाही बिक्रिए पछि बन्द हुने हुदाँ नागरिकहरुलाई सहजहोस भनी टंकी वितरण गरिएको वडाध्यक्ष सुनारले बताए । वडा नम्बर ९ मा आफनो नेतृत्वमा निर्वाचित भएर आएपछि विकासले फड्को मारेको उल्लेख गरे ।
साथै टंकी अहिले पाउन नसकेका स्थानीयहरुलाई आगमी आउँदो कार्यक्रम मार्फत सम्बोधन गरिने वडाध्यक्ष सुनारको भनाई छ ।
टंकी पाएपछि स्थानीयहरुले कृषि कर्म गर्न, सरसफाई गर्न, स्वच्छ पानी पिउन सहयोग हुने भन्दै खुशी भएका छन् ।
कार्यक्रममा वडाध्यक्ष नारायण सुनार रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, वडा सदस्य जुना विश्वकर्मा, दिपक थापा, सन्तु नेपाली र सचिब गंगा पन्थी तथा स्थानीयहरुको उपस्थित रहेको थियो ।