माघ १४ गुल्मी : बिहिवार विहान गुल्मीको सदरमुकाम तम्घासमा हुस्सु लागेको थियो । गत एक हप्ता देखि घाम नलागेर चिसो मौसम भएपछि मानिसहरु घरबाट कमै मात्रमा बाहिर निक्लेको देखिन्थ्यो । कोही जरुरी कामले बाहिर निक्ले पनि निकै न्यायना कपडा लगाएर निक्लेका थिए । शुक्रबार विहान त्यसै जाडो र चिदिचौरको चिसो भुँईमा लडेकी थिईन एक महिला ।
उनी नजिक पुग्दा शरिरमा पातलो कपडा लगाएकी, सुनिएको मुख, फुलिएको पेट देखियो । जाडोले थर्थरी काँप्दै थिईन् । लडेकी उनलाई एकछि उठेर बस्न आग्रह गरि सोधपुछ गर्दै जाँदा थाह भयो उनि न्याय पाईन्छ कि भनेर सदरमुकाम तम्घास आएकी रहिछन् । गुल्मीको इस्मा गाउँपालिका–झिर्नेटा माईती घर भएकी ३२ बर्षीया दशा नेपाली ९ नाम परिवर्तन हुन पनि उनि साह्रै पीडित महिला रहिछन् ।
तीन सन्तानकी आमा उनलाई विवाहित दबै पुरुषहरुले धोका दिई उनि माईतीको शरणमा बस्न बध्य रहिछन् । १०र१२ बर्ष उमेरका तीन सन्तानहरु बुटवलका होटलहरुमा भाँडा माझेर ज्यान पाल्ने गरेका रहेछन् । माईती घरमा बृद्ध बिरामी बाबु, आमा त्यस्तै । सम्पत्तीका नाममा बास मात्रै । माईती घरमा प्राय सधै छाक अड्किने भए पछि उनि कसैको घरमा जे काम लगाउँछन्।
काम गर्दै भोक टार्दै आई रहेको बेला फेरी माईती देश कै एक पुरुषले उनलाई काम–वास्नको शिकार बनायो । उनी भन्छिन्–‘ छिमेकी छल्दीटारको एक पुरुषले माया गर्छु विवाह पनि गर्छु भन्दै गत जेठ महिनामा छल्दीटार कै जलपादेविको मन्दिरमा लगेर रात वितयो । असार महिनामा फेरी आफ्नो घर मै लगेर राख्यो ।
मेरो बाहिर सर्ने क्रम रोकिए पछि उसैले साउन महिनामा लगेर जँचायो र तब मात्र गर्भ रहेको थाह पाएककी हुँ । अहिले ९ महिनाको गर्भ भएको छ । उसले अहिले आएर मेरो होईन भन्छन । म कहाँ जाउँ रु भोली कसले सुत्केरी खर्च ब्यहोर्ने हो रु उनले निन्याउरो स्वरमा त्यसरी विलौना पोखिन् । स्थानीय डोलबहादुर नेपाली भन्छन्–‘यी महिलालाई छल्दीटार कै कुँवर थरका एक पुरुषले गर्भधारण गराएको भनेर उनले सुरुदेखि नै बताउँदै आएकी छन् ।
सुरु सुरुमा त्यो मान्छेले पनि मेरै हो भन्थ्यो । पछि जात नमिल्ने भन्दै उनलाई केहि मान्छेहरुले उचालेर मेरो गर्भ होईन भन्दै आएको छ । उसको श्रीमति छोरा छोरीहरुले पनि छाडेका छन् । हामी यी महिलालाई लिएर धेरै चोटी तम्घास आयौं । प्रहरीमा उजुरी पनि दिएका छौं । प्रहरीले खासै चासो नदिएको जस्तो लाग्यो । सुत्केरी उनी आज हो कि भोली भन्ने अवस्था छ ।
उनलाई राख्ने खुवाउने ठाउँ पनि कतै छैन् । बाबु आमा बिरामी छन् । उनीहरु कै विचल्लीमा माथी छोरीको थप विचल्ली देखि पछि बिरामी बाबु थप गम्भीर बन्दै गएका छन् । ’ नेपालली यी महिलाको उद्दारका लागि विभिन्न संघ संस्था र ब्यक्तिहरु संग सहयोगको अपिल गरेका छन् । उनको त्यो विचल्ली देखे पछि हामीले जिल्ला प्रहरी प्रबक्ता डिएसपी माधव प्रसाद खरेलको ध्यानकृष्ट गराऔं ।
उनले भने–‘उजरी परे पछि एक चोटी त्यो आरोपी पुरुषलाई बोलाएर सोधपुछ गर्दा मेरो गर्भ होईन भन्यो । हामीले जबरजस्ती भिराउन नमिल्ने , सुत्केरी भए पछि डिएनएन टेष्ट लगायतको प्रविधिबाट ठहरिए जिम्मा लगाउने कुरा हुन सक्छ ।’ उनले त्यहाँका केहि अगुवाहरुलाई बोलाएर कानुनी सुझाव दिने र पुनः एक पटक ती पुरुषलाई बोलाए। यो खबर ग्लोवल आवाजमा गुल्मीबाट प्रेम सुनारले लेख्नुभएको छ ।