सूर्य सुनार / माघ २८ गुल्मी : जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आफ्नै प्रशासनिक भवन नहुँदा काम गर्न समस्या भएको छ ।
ट्राफिक कार्यालयको भवन नहुँदा २ वर्ष सम्म मासिक २२ हजार ५ सयको दरले घर भाडाँ तिर्नुपर्ने अवस्था रहेको छ । कार्यालयको भवन नहुँदा भाडाँमै लाखौँ रकम खर्चिदै आएको छ । । तर ट्राफिक प्रहरी कार्यालय गुल्मीले ६ महिनाको अवधिमा सवारी साधन कारवाहीबाट २६ लाख ५४ हजार ५ सय राजस्व संकलन गरेको छ ।
प्राय जस्तो जिल्लाका सरकारी कार्यालयहरु आफनै भवनमा रहेका छन् । तर जिल्ला ट्राफिक कार्यालय गुल्मी भने वषौँ सम्म पनि घर भाडाँबाट सेवा प्रवाह गरिरहेको छ । जसले गर्दा सेवा प्रवाह गर्न समस्या भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक देवीप्रसाद पौडेलले बताए ।
गुल्मी जिल्लामा ०७८÷०७९ गुल्मीमा सवारी साधन कारवाहीबाट २६ लाख ५४ हजार ५ सय राजस्व संकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ४५ सय सवारी साधनलाई कारबाही गरिएको छ ।ट्राफिक प्रहरी कार्यालय गुल्मीले यस आर्थिक वर्षमा सवारी साधन कारवाही र राजस्व संकलनमा वृद्धि गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक देवी प्रसाद पौडेलले बताए । अघिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा बढी राजस्व संकलन भएको पौडेलको भनाइ छ ।
जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आइरहेको हुँदा गत वर्ष भन्दा यस वर्ष दुर्घटना कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक पौडेलले बताए ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले जिल्ला ट्राफिक कार्यालयको भवन बनाउनको लागि जिल्लाका स्थानीय सरकारबाट आर्थिक सहयोग उठने क्रम जारी रहेको बताए । जिल्ला ट्राफिक कार्यालय गुल्मीको भवन सबैको साझा भएको हुदाँ यसलाई अन्य स्थानीय सरकारले पनि सहयोग गर्नेे बताउनुभयो । रेसुङ्गा नगरपालिकाले ८ लाख सहयोग गर्ने नगरप्रमुख भुसालले बताए ।
जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आइरहेको छ ।
कार्यालयले यो अबधिमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, व्यवसायीक ,चालक, परिचालक, पैदल यात्रु तथा अन्य सर्वसाधारण सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीमा जम्मा १५ जना जनशक्ति रहेको छ ।