छड्के न्यूज डटकम /फागुन ०१ गुल्मी : गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा अबस्थित खन्यूखर्क आधारभूत विद्यालयलाई पूर्वविद्यार्थीले उपकरण तथा शैक्षिक सामाग्री फ्रदान गरेका छन् । शुक्रबार एक कार्यत्रमको आयोजना पूर्व बिद्यार्थीले कम्प्यूटर, प्रिन्टर (विथ फोटोकमी एण्ड स्कायनिङ), प्राथमिक उपचार बाकस, नोटिसबोर्ड, साउण्ड सिस्टमलगायत सामग्री बिद्यालयलाई प्रदान गरेका हुन् ।
२१ औं शताब्दी बिज्ञान र प्रबिधिको भएकाले बिद्यार्थीको आबश्यकता बुझेर उपकरण लगायतका सामाग्री हस्तान्तरण गरिएको पूर्वबिद्यार्थी संयोजक बिमल घर्तीले जानाकारी दिए । संयोजक घर्तीले भने “हाम्रो पूर्व बिद्यार्थी संगठनले बिद्यालयको आबश्यकता बुझेर उपकरण र शैक्षिक सामाग्री दिएका छौं यसको महत्व बुझेर बिद्यालयले संचालन गर्ने छ ।”
पूर्व बिद्यार्थीको समूहले बिद्यालयलाई ६५ हजार बराबरको सामाग्री बिद्यालयलाई हस्तान्तरण गरेको हो । पूर्वबिद्यार्थीले कारोना झाइरसको संक्रमण बढिरहेको समयमा मास्क, सेनिटाइजर, अक्सिमिटर, थर्मोमिटर सहितका स्वास्थ्य सामग्री विद्यालयलाई हस्तान्तरण गरेका थिए । सामाग्री हस्तान्तरणको त्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।