छड्के न्युज डटकम /फागुन १०, गुल्मी : नेपालकै प्रथम शहिद लखन थापाको नामबाट गुल्मीको इश्मा गाउँपालिका ६ अंमरपूर बुल्मचौरमा निर्माण हुन लागेको अन्र्तरराष्ट्रिय फुटवल रङ्गशाला निर्माणको कार्य रोकिएको छ । रङ्गशाला निर्माणको काम मात्र रोकिएको छैन् निर्माण गरिएका संरचना भाँचिन थालेका छन् । रङ्गशाला निर्माणको काममा खटिएका मजदुरले समेत आफ्नो पारिश्रामिक पाएका छैनन् ।
गाई बस्तु चराउने चरण क्षेत्र अर्थात् रातो माटोले प्रसिद्ध स्थान हो । इस्मा गाउँपालिका ६ अंमरपुरको बुल्मचौर । घर रङ्ग रोगन लागि प्रयोग हुने बुल्मचौरको रातोमाटो गुल्मी संगै आसपासका जिल्लामा प्रसिद्ध छ । यहाँको रातोमाटो पाल्पा, बुटवल , प्युठान ,बाग्लुङ्ग,अर्घाखाचीँ, स्याङ्जा लगाएतका जिल्लामा पुग्ने गर्दछ । वडा दशैँको द्धावदशीको दिन भब्य सराय नाचँ हुने बुल्मचौरमा खेलकुद क्षेत्रमा सम्भावना देखेर निर्माण गर्न थालिएको फुटवल रङ्गशाला निर्माणको काम बिचैमा रोकिदाँ संरचना जीर्ण बन्न थालेका छन् भने काम गरेका मजदुरले आफ्नो ज्याला समेत पाएका छैनन् ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदमार्फत अहिले रङ्गशालाको पहिलो चरणको काम सम्पन्न भएको थियो । शहिद लखन थापा स्मृतीमा निर्माणधिन फुटवल रङ्गशालामा पर्खाल लगाउने, फुटबल ग्राउण्ड तयार गर्ने, दुवो रोप्ने काम भएको छ । रङ्गशाला रेखदेख गर्न चौकीदार राखिएपनि रातको समयमा संरचना भत्काउने बिग्राने काम भएको रङ्गशाला रेखदेख गर्ने ब्यक्ति बताउँछन् । रङ्गशाला निर्माणको कामले स्थानियमा केहि खुसी पलाएको थियो । खेलकुदको बिकास र आर्थिक समृद्धि संगै रोजगारीको सपना बोकेका स्थानिय निर्माणको कार्य रोकिदाँ दुखी छन् ।
राष्ट्रिय खेलकुद परिषद् मार्फत जिल्ला खेलकुद समिति गुल्मीले उपभोक्ता समिति मार्फत आर्थिक वर्ष ०७४÷०७५ मा १८ लाख रुपैयाँले पहिलो चरणको काम गरेको थियो । बुल्मचौरलाई मेसिनको प्रयोग गरी खेल मैदान खन्ने काम गरिएको जिल्ला खेलकुद समिति गुल्मीले जनाएको छ । दास्रो पटक राष्ट्रिय खेलकुद परिषद्ले टेण्डरको आवाह्रन गरि आर्थिक बर्ष २०७५\७६ मा २ करोड ८० लाख खर्च भएको छ । रङ्गशालाको पहिलो चरणको काम सुनकोसी अभियान जे.भि कम्पनी काठमाडौँले पाएको थियो । फुटबल मैदानलाई मदन भण्डारी राजमार्गले छोएको छ ।
वरिपरी विपन्न तथा कुमाल बस्ती, इस्मा गाउँपालिकाको सेरामिक्स, धुर्कोट गाउँपालिका वस्तुमा रहेको विचित्र गुफा पनि खेलकुद मैदानको नजिकै पर्दछन् । बुल्मचौरमा बन्न लागेको रङ्गशालाको अवलोकन गर्न आन्तारिक पर्यटक आउने गरेका छन् तर रङ्गशाला निर्माणको काम रोकिएको देख्दाँ सुनेको र सोचे अनुरुप नभएको पर्यटक बताउँछन् ।
बुल्मचौरमा लगातार काम नहुदाँ र काम गरेका श्रमिकले ज्याला नपाउदाँ स्थानिय निरास भएको अबस्थामा सबै मिलेर रङ्गशाला निर्माणको कामलाई पूर्णता दिन सके यस क्षेत्रको बिकास संगै रङ्गशाला निर्माणले सार्थकता पाउने वडा कार्यलय बताउँछ । रङ्गशाला निर्माण किन रोकियो भन्ने बारेमा जनप्रतिनिधि नै अनबिज्ञ छन् । यतिबेला जनप्रनिधि श्रमिकको मेहेनत र पसिना पैसा दिलाउने भन्दा पनि रङ्गशाला बन्ने नबन्ने पिरलोमा छन् ।
निर्माण हुन लागेको रङ्गशालामा १५ हजार दर्शक अटाउने बताईएको छ । निर्माणधिन रङ्गशालामा १०५ मिटर लम्बाई तथा ६८ मिटर चौडाई छ । गुल्मीको मालिका गाउँपालिका , इस्मा गाउँपालिका ,धुर्कोट गाउँपालिका मदाने गाउँपालिकालाई केन्द्र पर्ने गरि बुल्मचौरमा फुटवल रङ्गशाला निर्माण गर्न थालिएको हो । बुल्मचौरमा कुमाल बस्ती भएकाले त्यस बस्तीलाई माथि उठाउँनको लागि रङ्गशालाले मदत पुग्ने इश्मा गाउँपालिकाको भनाई छ । रङ्गशाला निर्माणको लागी थप बजेट केन्द्रदेखी बिनियोजन नहुदाँ पहिलो चरणको काम सम्पन्न भई रोकिएको इन्जिनियर माधब देबकोटाले बताए ।
हर्नुहोस् एवी वान टेलिभिजनको बिशेष कार्यक्रम एपी मञ्चले गुल्मी सहकर्मी मनोज कार्कीको सहयोगमा तयार पारेको भिडियो रिपोर्ट https://www.facebook.com/100009271741220/posts/3107730189546009/?app=fbl