छड्के न्युज डट कम / बैशाख ०२, गुल्मी – आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका सत्तागठबन्धनले इश्मा गाउँपालिका अध्यक्षमा भगवत सिह खड्कालाई सिफारिस गरेको छ । बिहिबार इश्मामा बसेको गठबन्धनको बैठकले नेपाली काङ्ग्रेस गुल्मीका सचिव खड्कालाई गाउँपालिका अध्यक्षको उम्मेद्वार बनाउन सर्वसम्मत सिफारिस गरेको हो ।
पुर्व मन्त्री तथा क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टको चुनावी क्षेत्र तथा जन्मथलो इश्मामा जिल्लामा नेपाली काङ्ग्रेसको हाल नेपाली काङ्ग्रेस जिल्ला सचीव रहेका खड्काले बि.स २०६१ सालमा नेपाल बिद्यार्थी संघबाट राजिनिति सुरु गरेका थिए ।
काङ्ग्रेसको राजनितीमा सक्रिय रहेका खड्का रेसुङ्गा बहुमुखी क्याम्पस नेविसंघ इकाइ सदस्य, नेविसंग जिल्ला सचिव, काङ्ग्रेस क्षेत्रिय सदस्य, क्षेत्रिय सह सचिव, क्षेत्रिय सभापति समेत रहेका थिए । अध्यक्षको उम्मेदवार टुंगो लागेपनि उपाध्यक्ष पद र गाउँपालिका भित्रका वडातहका उम्मेदवार अझै टुङ्गो नलगाइ सकेको नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिए। सभापति पन्थीका अनुसार गठबन्धनको छलफल भइरहेको र केहिदिनमै उपाध्यक्ष र वडातहमा उम्मेदवार टुंगो लाग्ने उनले बताए ।
इश्मा गाउँपालिकामा (नेकपा)एमालेले अझै अध्यक्ष सहित कुनै पदका उम्मेदवारको टुंगो लगाएको छैन । (नेकपा) एमालेबाट गाउँपालिका अध्यक्षमा लुम्बिनी प्रदेश कमिटी सदस्य हिरा एसि , गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट , जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली ,लुम्बिनी प्रदेश एमाले कमिटी सदस्य ललिता गौतमको नाम चर्चामा रहेको एमाले जिल्ला कमिटी सदस्य ज्ञान बहादुर महतारले बताए । त्यस्तै एमालेबाट उपाध्यक्षमा जिल्ला कमिटी सदस्य कमला सुनार गौतम , गाउँकमिटी सदस्य भिम कुमारी नेपाली , कार्यपालिका सदस्य कल्पना भुसाल र उपाध्यक्ष बिमला खत्रीले आकांक्षा देखाएका छन् ।
एमालेले इश्मा गाउँपालिका भित्रका ६ वटा वडा मध्ये ५ वटावडामा वडाध्यक्ष पदका उम्मेदवारको टुंगो लगाइसकेको छ । इश्मा १ हस्तिचौरमा नाम बहादुर कुवँर, २ हस्तिचौर राजेन्द्र बिक्रम कुवर , ३ दर्लामचौरमा ज्योतीलाल कुवँर , ४ दोहोलीमा राजु बस्नेत, ५ इश्मारजस्थमा नारायण पैयानीलाई पार्टीले सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै इश्मा ६ अम्मरपुरमा भने वडाअध्यक्ष पदका उम्मेदवारको नाम टुंगो लागेको छैन् । वडाअध्यक्ष हिरा बहादुर जि.सी र नारायण पराजुलीको नाम चर्चामा छ ।