छड्के न्युज डटकम / बैशाख ०२ गुल्मी : आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि गुल्मी जिल्लाको इस्मा गाउँपालिका ५ मा नेपाली काङ्ग्रेस प्रदेशसभा (क) क्षेत्र नम्बर २ सभापति झबिन्द्र अर्याललाई वडा अध्यक्ष पदमा पार्टीले सर्वसम्मत उम्मेद्वार बनाएको छ ।
विगत १७ बर्ष देखी नेपाली काङ्ग्रेसको राजनीतिमा खटिएका अर्याल २०७४ सालको स्थानीय निर्वाचनमा सोही वडामा वडा अध्यक्षमा ८ मतले पराजित भएका हुन । चुनावमा पराजित भएपनि पाँच बर्ष सम्म जनताको काममा निरन्तर खटिएका थिए।
विद्यार्थी राजनीति हुदै तरुण दलको गुल्मी साबिक-३ को क्षेत्रीय सभापति, नेपाली काङ्ग्रेस गुल्मी क्षेत्रीय सदस्य हुदै अहिले अर्याल गुल्मी-२ प्रदेश क क्षेत्रीय सभापति हुन। युवालाई गाउँमै रोजगार, कृषि पर्यटनमा जोड ,खुसी वडा समृद्द वडा बनाउनको लागि आफ्नो उम्मेदवारी रहेको अर्यालले बताएका छन। उम्मेदवार अर्यालले दुखी गरिब लाई सहयोग गर्दै राजनीतिमा सक्रिय छन् । गाउँपालिका भित्र स्थानीय सरकारले गरेका बेथिति विरुद्ध निरन्तरता ओकालत गर्दै जनताको सेवामा कर्मनिस्ठ अर्यालले यो निर्वाचनबाट आफुलाई वडाबासीले भारी मतले बिजय बनाउने बताएका छन् ।