बैशाख ०४, गुल्मी – आगामी ३० बैशाखमा हुने स्थानिय तहको निर्वाचनमा धुर्कोट गाउँपालिका ७ वाग्लामा (नेकपा) एमालेले लिला बहादुर खनाललाई वडाअध्यक्षमा सर्वसम्मत सिफारिस गरेको छ । चैत २७ गते बसकोको वडा कमिटीको बैठकले खनाललाई वडाअध्यक्षमा सर्वसम्मत सिफारिस गरेको हो ।
२०२७ साल ४ महिना १९ गते साविकको वाग्ला गा.वि.स जन्मिएका खनालले २०४० देखी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूबाट आफ्नो राजनितिबाट सुरु गरेका थिए । उनी वि.स.२०४९ सालमा पार्टीको संगठित सदस्य हुदैँ जिल्ला कमिटी सदस्यमा रहेरका खनाल जिल्लामै क्रियाशिल सिपाहीको रुपमा चिनिन्छन् । उनले सिभिल ओभरसियर पास गरेका छन् भने २०५७ साउन देखी ०६२ साउन सम्म जिल्ला विकास समितिमा असस्टेन सव इन्जिनियर रहि काम गरेको अनुभव छ ।
वडा अध्यक्षका उम्मेदवार खनालले आफू वडामा निर्वाचित भएपछी क्रमगत योजना पूरा,शैक्षिक गुणस्तर सुधार , स्वास्थ्य,रोजगार,पर्यटन,कृषि पशुपालन क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्ने उनले बताए । आफूले वडाबासीको समस्यामा केन्द्रित रहेर निरन्तर काम गर्दै आएका उनले बताए । आफूलाई एमाले पार्टी कार्यकर्ता मात्र नभई वडाभित्र रहेका विभिन्न राजनितिक दलका कार्यकर्ताले समेत मत दिएर जिताउनेमा विश्वास रहेको बताए ।
वडाभित्र २ हजार ८ सय मतदाता संख्या रहेको छ । वाग्ला (नेकपा) एमालेको पकट क्षेत्र मानिन्छ ।
अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रले धुर्कोट गाउँपालिकामा गठबन्धन गरेको थियो । जसमा ९ सय ३६ मत लिएर वडा अध्यक्षमा हिम प्रसाद पन्थी विजयी भएका थिए । उनले प्रतिद्धन्दी हरी प्रसाद भट्टराईले ६ सय २६ मत प्राप्त गरेका छन् ।