बैशाख १०, गुल्मी – गुल्मीको रेसुङ्गा ७ मा विद्यार्थी नेता राम्जी पन्थी वडाध्यक्षकाे उमेदवार बनेका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा राम प्रसाद पन्थी (राम्जी) नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत वडाध्यक्ष पदको उमेदवार बनेका हुन् ।
लामो समयदेखि नेपाल बिद्यार्थी संघको जिम्मेवारी पदमा बस्दै राजनीति गर्दै आएका पन्थी यस पटक वडाध्यक्षमा सर्वसम्मत उमेदवार बनेका हुन् । वडाको कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा प्रचुर सम्भावना हुँदाहुँदै पनि विकास हुन नसकेकोले आफू निर्वाचित भएपछि सबै आवश्यकता पूरा गर्ने पन्थीले बताएका छन् ।
को हुन रामप्रसाद (राम्जी) पन्थी
वि.सं. २०४८ मा तम्घास गाउँ बिकास समिति वडा नम्बर ९ मा जन्मिएका पन्थी वि.सं. २०६६ सालबाट नेपाल बिद्यार्थी संघको सक्रिय राजनीतिमा होमिएका थिए । वि.सं. २०६९ मा महेन्द्र नमुना माध्यमिक विद्यालयको इकाइ सदस्य भएपछि अध्यक्ष भएर काम गरे । क्रमश उनी साविकको क्षेत्र नम्बर २ को सचिब भएर काम गरेका थिए । नेपाल विद्यार्थी संघको ११ औं जिल्ला अधिबेशनबाट जिल्ला सदस्यमा निर्वाचित बनेका थिए । क्रमश उनी नेपाल बिद्यार्थी संघ गुल्मी जिल्लाको उपसभापति बने । १२ औ जिल्ला अधिबेशनमा पुन: उनी नेपाली विद्यार्थी संघको जिल्लाको उपसभापतिमा रहर काम गरिरहेका छन् ।
त्यस्तै २ बर्ष नेपाल बिद्यार्थी संघको कार्यबाहक सभापति भएर काम गरेका पन्थी एक बिध्यार्थी नेता मात्र नभई हरेक गरिब दुखीको सारथी समेत रहेका छन् । उनले कोभिडको महामारीमा रेसुङ्गा नगरपालिका गुल्मीले सुरु गरेको बिपद् व्यबस्थापन समितिमा सहयोग समेत गरेका थिए । त्यति मात्र नभई पन्थीले रेसुङ्गा नगरपालिकाको अर्खलेमा रहेको बुद्ध माध्यमिक विद्यालयका गरिब विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेका थिए ।
पन्थीले गुल्मी मात्र नभई बुटवल बहुमुखी क्याम्पसमा समेत करिब १५ महिना नेपाल विद्यार्थी संघको राजनीति गरे । उनले पछिल्लो समय अर्घाखाँचीको सन्धिखर्कमा पनि विद्यार्थी राजनीति गरेक थिए ।