कार्त्तिक ०५ गुल्मी / छड्के न्युज डटकम – सिटिजन लाइफ इन्स्योरेन्स गुल्मीले फरक क्षमता भएका बालबालिकालाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चाैथाे वर्ष पूरा गरि पाचौं वर्षमा प्रवेश गरेकाे अवसरमा गुल्मी सदरमुकाम तम्घास स्थित उपल्लो तम्घास माध्यमिक बिधालयमा अध्ययनरत फरक क्षमता भएका बालबालिकालाई खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।
इन्स्योरेन्स कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गरि सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख दुर्गा राज ढकाल , गुल्मी शाखा प्रमुख विजय मरासिनी लगायतले बालबालिकालाई खेलकुद सामाग्री प्रदान गरेका थिए ।
२०७४ सालमा स्थापना भएको सिटिजन लाइफ इन्स्योरेन्सले छोटो समयमै बिमाको क्षेत्रमा केही फड्को मारेको र ७७ जिल्ला मध्ये ७३ जिल्लाका १ सय ३० शाखामा यो अभियान संचालन गरेको सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख दुर्गा राज ढकालले जानाकारी दिए । सामाजिक क्षेत्रमा उत्तरदायी कार्यक्रम गर्दै अरु संस्था भन्दा फरक काम गरेर अगाडि बढ्दै जाने गुल्मी शाखाका प्रमुख बिजय मरासिनीले बताए ।