गुल्मी, १२ बैशाख – मदाने गाउँपालिकामा नेकपा एमालेले उल्लासपूर्ण रुपमा मनोनयन दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालयमा गाउँपालिका प्रमुख तथा उपप्रमुखसहित ७ वडाध्यक्ष र सदस्य पदमा मनोनयन गर्दा गरिएको हो । ७ वटै वडाबाट कार्यकर्तासहित उपस्थित भएका उम्मेदवारले मनोनयन दर्ता गर्न मदाने गाउँपालिका स्थित पुर्कोटदह स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
गाउँपालिका प्रमुखमा प्रेम केसी र उपप्रमुखमा सरिता खड्काले मनोनयन दर्ता गराएका छन् । त्यस्तै वडा नं १ अग्लुङ्गबाट वडाध्यक्षमा प्रेम चन्द बोहोरा, वडा नं २ बाझकटेरीबाट माधव भुषाल, वडा नं ३ सिर्सेनीबाट ईश्वरबहादुर जिसी , वडा नं ४ म्यालपोखरीबाट भिम प्रसाद भट्टराई, वडा नं ५ मलागिरीबाट हिमाल खड्का, वडा नं ६ पुर्कोटदहबाट लोकहरी कुँवर र वडा नम्बर ७ भनभनेबाट ओमबहादुर केसीले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएको नेकपा एमाले इस्मा गाउँकमिटीले जानकारी दिएको छ । जसमध्ये वडा न १,२,४,५ का उम्मेदवार हालका वडा अध्यक्ष हुन उनिहरुले वडा अध्यक्ष पदको राजिनामा दिएर पुनः अध्यक्षमा भिड्दै छन ।
नेकपा एमालेको तर्फबाट इस्मा गाउँपालिका अध्यक्षका उमेदवार प्रेम केसीले गाउँपालिकाको समग्र विकासको लागि आफुहरुलाई जिताउन सवै कार्यकर्ताहरुलाई आग्रह गरे । त्यस्तै उपाध्यक्षको
उम्मेदवार सरिता खड्काले पाँच बर्षे अनुभवबाट अझै धेरै
रचनात्मक काम गर्न जनताको साथ चाहिएको बताइन् । उनी वर्तमान उपाध्यक्ष हुन, उपाध्यक्ष पदको राजिनामा दिएर पुनः उपाध्यक्ष पदका लागि भिड्दै छिन् ।