बैशाख १३, गुल्मी – छत्रकोट गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेबाट निवर्तमान वडाध्यक्ष तथा समाजसेवी तेजकान्त अर्यालले उम्मेदवारी दिएका छन् । अर्याल २०७४ को स्थानिय निर्वाचनमा पनि भारी मतका साथ वडाध्यक्षमा निर्वाचित भएका थिए ।
छत्रकोट गाउँपालिकाकै सबैभन्दा बढी जनसंख्या रहेको ३ नम्बर वडालाई नमुनाकै रुपमा विकास गर्न सफल अर्याल स्थानियका बिचमा निकै लोकप्रिय र मिलनसार मानिन्छन् । जनताका समस्या समाधानका लागी अहोरात्र खट्ने अर्याल २०४४ सालदेखी राजनीतीमा सक्रिय छन् ।
पहिलोपटक २०४९ सालमा हर्दिनेटा गा.वि.स. वडा नम्बर ४ को वडा अध्यक्ष, २०५४ सालमा हर्दिनेटा गा.वि.स.को उपाध्यक्षमा निर्वाचित भई कार्यवाहक अध्यक्षको जिम्मेवारी पुरा गरेका अर्यालले आफ्नो कार्यकालमा उदाहरणीय काम गर्न सफल भएका थिए । हर्दिनेटाको स्वास्थ्य केन्द्रलाई निःशुल्क साढे ३ रोपनी जग्गा प्रदान गरेका अर्याल विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहदै पनि आएका छन् ।
आफ्नो अघिल्लो कार्यकालमा भौतिक पुर्वाधारका धेरै कामहरु भएको बताउँदै अर्यालले अबको कार्यकालमा वडा नं ३ लाई कृषि हव बनाई विदेशीएको जनशक्तिलाई समेत स्वदेश फर्काउने बताए । शिक्षा र स्वास्थ्यको पहुँचबाट कोही बाहिर रहनु नपर्ने,कृषि र पशुपालनमा देशकै नमुना वडा बनाउने,भौतिक विकाससंगै सामाजिक विकासमा जोड दिने अबको योजना रहेको अर्यालले बताए ।