२०७९ वैशाख १७ गते शनिबार भएपनि मेरा आँखा सबेरै नै खुले। म उठें, निर्त्य कर्म गरे र यसो मोवाइल समाते। हिजो साँझ सुत्ने बेला सम्म स्थानीय चुनाब काे कुराले सामाजिक सञ्जालमा चर्चा पाइरहेको थियो। अहीले पनि तिनै कुराहरू त होलान भन्दै सामाजिक सञ्जाल खोले।
तर मैंले जे सोचिरहेको थिए, त्यसभन्दा निकै भिन्न पाएँ। आज सामाजिक सञ्जाल चुनावी कुराले नभई अन्य कुराले एका बिहानै चर्चा बटुली सकेका रहेछन । वसन्त ऋतु (चैत, बैशाख ) काे समयमा विभिन्न पालुवा हरू पलाएर , फूलहरु फुलेर धर्ती जति सौंदर्य देखिन्छ नि त्यसभन्दासौंंदर्य त आज सामाजिक सञ्जालहरू देखिएका रहेछन। जसरी लामो समयकाे झरी पश्चात् न्यानो सुर्यकाे मुस्कुराउट उदय हुन्छ यस्तै गरी आज सामाजिक सञ्जालमा आमाहरुको मुस्कुराइरहेको मुहार काे उदय भइरहेको थियो।
लामो समयदेखि घर परिवार लाई फोन गर्न हिच्किचाइरहेका औंला हरू आज निकै ठूलो शान र इज्जत का साथ निकै सुन्दर र मार्मिक शब्दहरू चयन गरी उत्कृष्ट क्याप्सन र स्टाटसहरू लेखेर आधा रातमै सामाजिक सञ्जालमा पोष्टाइसकेका थिए। याे देख्दा मलाई खुसि लाग्यो। आहा कति धेरै माया आफ्नो आमा, बुबा, घरपरिवार प्रति सधैंभरि यस्तै भइरहोस्। आमा, बुबा र घरपिवारको मायाले भरिपुर्ण पोष्टहरूले अन्य अनावश्यक कुराहरु आज को जस्तै प्रतिस्थापन गरिरहनु भनेर म सोच्दै थिए।
तर यि कुरा सोच्न नपाउँदै मेरो मन मा एउटा प्रश्न खडा भयो। यस प्रश्न को उत्तर म तपाईं हरू बाट पाउन चाहन्छु । के आमा, बुबा, घरपरिवार लाई सम्झन दिन, बार, महिना, वर्ष नै कुर्न पर्नि होर ? जे भएपनि मेरो यहि प्रार्थना छ आजका यी हंंसिला मुहारहरू कहिल्यै दुःखित भएको देख्न नपरोस् , माता तिर्थ औंसी को सम्पुर्ण आमाहरु मा शुभकामना ।।। धन्यवाद !