वैशाख २५ गुल्मी : आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको गाउँका बस्ती देखी सहरका गल्दी गल्दीमा चुनावी माहोल तातेको छ । जिल्लाका चिया पसलदेखी ठुला रेस्टुरेण्टमा नेताका कुरा हुन थालेको छ । त्यस्तै गुल्मीको सदरमुकाम तम्घास बजारमा रेसुङ्गा नगरपालिका भएकाले यस पटकको निर्वाचनलाई आम नागरिकले महत्वका साथ हेरिरहेका छन् । सत्तारुढदल नेपाली कांग्रेस र नेकपा एमालले विच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुई पार्टीका मेयर पदका उम्मेदवार अब्बल र संक्षम भएकाले रेसुङ्गा नगरपालिका मेयर पदका लागी रोचक प्रतिस्पर्धा देखिन्छ ।
निर्वाचनको मिति नजिकिए संगै मत माग्न मतदाताको घरदैलो पार्टीका नेता र कार्यकर्ता पुगिरहेका छन् । नेकपा एमालेले भौतिक तथा पूर्वाधार विज्ञ तथा ईन्जिनियर राजेन्द्र प्रसाद पाण्डेयलाई रेसुङ्गा मेयर पदमा उम्मेदवार भएकाले यस पटक पनि आफ्नो जित सुनिश्चत रहेको एमाले पार्टीको दावी छ । नेपाली काँग्रेसले रेसुङ्गा नगरपालिकाको मेयरमा जिल्ला सभापति तथा जनता विच लोकप्रिय नेता खिलध्वज पन्थीलाई चुनावी मैदानमा उतारेको छ । पन्थीको रेसुङ्गा नगरपालिका मेयरमा उम्मेदवारी पक्का भएसंगै चारैतिर चर्चा हुन् थालेको छ । काँग्रेस तर्फका मेयर पदका उम्मेदवार पन्थी र नेकपा एमाले तर्फका उम्मेदवार पाण्डेय विकासको कार्यमा अब्बल नै मानिन्छन् ।
को हुन् त एमालेतर्फका मेयरका उम्मेदवार पाण्डेय
वि.सं २०२२ साल ११ महिना २ गते गुल्मी जिल्लाको साविकको तम्घास गा.वि.स वडा नम्वर १ साउटोलमा जन्मेका थिए राजेन्द्र पाण्डेय । वि.सं २०४० सालमा महेन्द्र नमुना ब्यावायिक माध्यमिक बिद्यालयबाट प्रथम श्रेणीमा एस.एल.सी पास गरेका पाण्डेयले वि.सं २०४४ सालमा आभरसियर पास गरेका थिए । उनले वि.सं २०६१ सालमा सिभिल इन्जिनियरिङ्ग पास, वि।सं २०७६ सालमा अर्वान डिजायन एण्ड कन्जभेसन एमएसी हुदैँ कन्टक्सन इन्जिनियर म्यानेजमेन्टमा इन्जिनियरिङ्ग गरेका थिए ।
२०३५ सालदेखी बिद्यार्थी जीवनबाट आफ्नो राजनितिक यात्रा सुरु गरेको पाण्डेय कर्मचारी संगठन वि.सं २०४८को कर्मचारीको आन्दोलनमा २८ दिन हिरासतमा समेत बसेका थिए । उनले वि.सं २०५० देखी ०५२ साल सम्म पहिलो पटक निजामती कर्मचारी संगठन गुल्मी जिल्ला अध्यक्षमा रहेर काम गरे । वि.सं २०५२ देखी ०५४ सालमा पहिलो अध्यक्ष कार्यकालको सफलता पछी दास्रो अबिधेशनबाट पुःन अध्यक्ष पाएका थिए ।
इन्जिनियरिङ्ग पासपछि तत्कालिन आवास तथा भौतिक मन्त्रालयमा खुल्ला प्रतिस्पर्धाबाट नाम निकालेका पाण्डेयले सरकारी जागिर संगै कर्मचारी संगठनमा रही सक्रिय रुपमा आफुले काम गर्दै आएको बताएका छन् । पाण्डेयले पत्रकार सम्मेलनमा आफ्ना केहि भावी योजना समेत सार्वाजानिक गरेका छन् । रेसुङ्गाका नगरपालिकामा विकाश र समृद्धिका प्रचुर सम्भावना रहेको उनले बताएका छन् । उनले रेसुङ्गा नगरवासीका आधारभूत आवश्यकता पुरा, पूर्वाधारका काम सम्पन्न, कृषि तथा पशुपालनमा ब्याबसायिकरण, युवाहरुलाई रोजगारी सिर्जना, पर्यटन क्षेत्रको विकास लगायतका थुप्रै आफ्ना आगामी योजना अगाडी सारेका छन् ।
आफु नगरमा निर्वाचित भएपछि अघिल्ला जनप्रतिनिधिले सुरु गरेका क्रमगत योजना पुरा, स्वास्थ्य, शिक्षा क्षेत्रको परिवर्तन र आर्थिक गतिबिधिलाई चलायमान बनाउँदै नगरबासीको आधारभूत आवश्यकतालाई पु्रा गर्न सरकारी जागिर छोडेर आफु खुल्ला राजनितिमा आएको पाण्डेयले बताए । नेपालकै ७ सय ५३ स्थानिय तहमध्ये एक अब्बल र सक्षम रेसुङ्गा नगरपालिका रहेको उनले बताए । गठबन्धन नामको मात्र रहेकाले यसमा कुनै शक्ति नभएको बताए । रेसुङ्गा नगपालिकामा हेर्दा एमाले भन्दा काँग्रेस बलियो देखिन्छ तर नगरभित्र एमाले पार्टी नै बलियो हुदाँ नगर तथा सबै वडामा जित सुनिश्चित रहेको पाण्डेयको दावी छ ।
नेपाली कांग्रेस जिल्ला सभापति पन्थीको नगर प्रमुखमा उम्मेदवारी
नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले रेसुङ्गा नगरपालिका मेयरमा उम्मेदवारी दिएका छन् । २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति सुरु गरेका पन्थी ९ वर्षसम्म नेपाल तरूण दलको जिल्ला सभापतिमा रहेर काम गरेका थिए । युवा तथा राजनिति तथा समाजसेवाको कामले गुल्मेली जनतामा लोकप्रियता कमाएक पन्थी नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा भारी मत लिएर जिल्ला सभापतिमा विजयी भएका थिए ।
पन्थी पछिल्लो समय युवा पुस्तामा लोकप्रिय छन् । विपन्न, गरिब र दलित समुदायका रुपमा कांग्रेस पार्टीलाई स्थापित गर्दै आएका पन्थीले जनआकांक्षा अनुरुप काम र रेसुङ्गा नगरको मुहार फेर्न आफूले मेयरमा उम्मेदवारी दिएको बताएका छन् । ‘सात रंगहरूको संयोजनबाट सिर्जित इन्द्रेणीले प्रेम, समृद्धि, प्रेरणा, ऊर्जा, तत्परता, सदभाव र समुन्नति जस्ता विषयको दिशावोध गरेझैं संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, शहरी विकास, खानेपानी, सरसफाई तथा विपद् व्यवस्थापन, सडक तथा भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढेका छन् । पन्थीले यस निर्वाचनमा आफूले जीत हाँसिल गरे जनताले विश्वास गरेर दिएको मतको खेर नजाने बताएका छन् ।
मेयर पदका उम्मेदवार पन्थीले भने “म राजनितिमा प्रवेश गरेपछी जनताको आवश्कता र सहजताको लागी काम गर्द आएके छु त्यस कारण मेरो जीत ढुक्क छ । ” जनताको आवाजलाई कदर गर्दै समुन्नत समाज निर्माणको लागी आफू नगरमा जोडिएर काम गर्ने चाहाना भएको उनको भनाई छ । उप–मेयरमा नेकपा एमालेबाट रिता पाण्डे र कांग्रेसबाट अमृतादेवी कुवँरको उम्मेदवारी रहेको छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा नगरप्रमुख र उपप्रमुख सहित केही वडामा नेकपा एमाले विजयी भएको थियो ।