छड्के न्युज \गुल्मी-गाउँमा एउटा सानो घर । घर वरिपरी सुन्तलाको बगैँचा । बगैँचाका बिच बिचमा मौरीका घार । मौरीघार तथा घर र बगैँचावरिपरी मौरीको गुञ्यामान आवाज । त्यसै माथि सुन्दर अनि रमाईलो गाउँ । एउटै घरमा मौरीका ५२ वटा घार । उमेरले ६८ बर्ष पुगेका गुल्मी धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउँका जनक बहादुर खत्री । नामले जनक भएपनि परिश्रम र मेहेनतले उस्तै रनक । उमेरले ६८ बर्ष पुगेका जनको काम र मेहेनत भने भर्खरैका युवा भन्दा कम छैन् । खत्री बिहानी मिरमिरे संगै साँझ झिसमिसे सम्म सुन्तला बगैँचा सफा र मौरी घार हेरचारमा ब्यस्त हुन्छन् ।
जनकलाई मौरीको स्याहार सुरार गर्न भ्याइ नभ्याई छ । उनले गरेको कर्मको गाउँदेखी जिल्लातह सम्म नै चर्चा छ । उनले आफ्नो घरवरिपरी सुन्तला खेती गरि बगैँचा निर्माण गरेका छन् । उनले सुन्तलाको सिजनमा सुन्तला बेचेरै मनग्य आम्दानी गर्छन् । उनको सुन्तला बगैँचा मौैरीको लागी बासस्थान र फुल चुस्ने ठाउँ बनेको छ । उनले आफ्नो बारीमा सिजनमा तोरी सम्म लगाउँछन् । तोरी बारीमा फुलेको बेलामा मौरीले रस चुसेर मह उत्पादन गर्छ । मौरीले जम्मा गरेको मह बर्षको २ पटक बिक्रि गर्दै आएका छन् । मह प्रतिकेजी १ हजार २ सयमा बिक्रिबितरण हुन्छ। घरमा ४ जनाको सानो परिवार छ । महबाट आम्दानी भएको रकमले घर र छोराछोरीको पढाई खर्चमा सहज भएको कृषक जनक बहादुर खत्री बताउँछन् ।
खत्रीले गाउँमै केही गर्ने अठोटका साथ २०६९ सालबाट ब्याबसायिक मौरी पालन ब्याबसाय सुरु गरेका हुन् ।उनको मौरी ब्याबसाय आम्दानीको मुख्य स्रोत हो । उनलाई मह बजारीकरणमा कुनै समस्या छैन् । उनको घरमा उत्पादन भएको मह खरिद गर्न गुल्मी जिल्लासंगै छिमेकी जिल्ला अर्घाखाँची,बागलुङ,प्युठान,पर्वत लगायतका क्षेत्रवाट ग्राहक आउने गर्दछन् ।
१ लाख लगानीमा सुरु गरीएको मौरी ब्याबसायले लाखौँको आम्दानी गरिसकेको छ ।उनको मौरी ब्याबसायलाई धुर्कोट गाउँपालिकाले सहयोग गरेको छ । मौरी पालक खत्री भन्छन् “मलाई प्रदेश र स्थानिय तहले गरेको सहयोगले मौरी पालनमा सहजता संगै थप ब्याबस्थित बनाउने उर्जा जागेको छ । ”
उनले गाउँमै मेहेनत र परिश्रम गर्न सके कम लगानीमा धेरै प्रतिफल हाल पार्न सकिन्छ भन्ने उदाहरण समाजमा प्रस्तुत गरेका छन् । उनेले गरेको मौरी ब्याबसाय देखेर छिमेकी समेत उत्तिकै ब्याबसायमा चासो देखाउन थालेका छन् ।
फलफुलको रसबाट मौरीले मह उत्पादन गर्ने हुदाँ त्यति धैरै खर्चिलो र लगानी नलाग्ने हुदाँ मौरी बयाबसाय गर्न सजिलो रहेको कृषक खत्री बताउँछन् ।प्रदेश र स्थानिय सरकारको सहयोग खत्रीले तालिम लिएका छन् । तालिम प्रश्चात ब्याबसाय अगाडि बढाउन र स्याहार सुसारमा थप टेवा पुगोको खत्री बताउँछन् । उनले अहिले घरबाट मह मात्र नभई मौरीको घार र गोला समेत विक्रि गर्छन् ।उनका घारमा सेरेना जातको मौरी छ । यो भीर मौरी जस्तै गुणस्तरीय हुने भएकाले यसको प्रयोग र खानामा ध्यान दिन सकेमा यसको महत्व र फाइदा हुने धुर्कोट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष कमल थापाले बताए । गाउँमै स्वरोजगार भन्ने हतुका साथ मौरी ब्याबसाय गर्ने कृषकलाई वडा र गाउँपालिले आबश्यक सहयोग र सामाग्री उपलब्ध गराउने वडा अध्यक्ष थापा बताउँछन् ।
मौरी पालनको क्षेत्रमा राम्रो सम्भावना भएपनि आवश्यक ज्ञानको कमीले कृषकले परम्परागत ढंगमै गाउँमा कृषकले मौरी पालन गर्दै आएका छन् । पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरुको समेत आकर्षण देखिन थालेको छ । कृषिमा सम्भाबना देखेका कृषकलाई सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । मौरीले परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने हुदाँ मह उत्पादन गर्न सकिन्छ । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता तत्व पाइन्छन् जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन्।